१९ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीकी आमा ९९ वर्षीय दमयन्ती भण्डारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाको तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक वक्तव्य जारी गरी भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । सभापति देउवाले स्वर्गीय भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
यही भदौ १७ गते काठमाडौँमा निधन भएकी स्व भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।