२० भदौ, अत्तरिया । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् ।
पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुगेका नेता भट्टराईले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँट गर्न ढिलाइ भए पनि समस्या नआउने बताए।
सत्ता गठबन्धनमा धेरै दल भएका कारण आ–आफ्नो दाबी रहँदा समयमै सिट बाँडफाँट हुन नसके पनि अन्त्यमा सबैको सहमतिमै बाँडफाँट हुने उनको भनाइ थियो ।
अहिलेको गठबन्धन प्रतिगमनकारीका विरुद्ध भएका कारण मिलेर जानुको विकल्प नरहेको उनले बताए । निर्वाचनमा एक्लै लडे कसैको पनि बहुमत आउन नसक्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको उनको भनाइ थियो ।