१ असोज, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिलाई व्यवसाय बनाउनेहरुदेखि सचेत हुनुपर्ने बताएका छन् ।
उपसभापति गुरुङले जनताको सेवा नै राजनीतिको प्रमुख मुद्दा हुन जरुरी भएको भन्दै उक्त कुरा बताएका हुन् ।
उनले समानुपातिकको बन्दसूची पेश गर्ने अन्तिम समय आउनै लाग्दा पैसा खर्च गरेर साँसदमा नाम लेखाउन सक्ने संकेतस्वस्प त्यसो हनुलाई रोक्नुपर्ने साँकेतिक दबाब दिएका छन् ।
उनले भनेका छन्, ‘राजनीतिलाई व्यवसाय बनाउनेहरुदेखि सचेत हुनुपर्दछ। जनताको सेवा नै राजनीतिको प्रमुख मुद्दा हुन जरुरी छ। जय नेपाल !’
