५ भदौ, गण्डकी । कास्कीमा आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाताले भाग लिने भएका छन् । यसअघिको स्थानीय निर्वाचनमा जिल्लामा दुई लाख ८१ हजार आठ सय ३३ मतदाता थिए । जिल्लामा यस बीचमा करिब १० हजार मतादाता थपिएका छन् ।
कुल मतदातामध्ये पुरुषको सङ्ख्या एक लाख ३९ हजार ४२ र महिलाको सङ्ख्या एक लाख ५२ हजार पाँच सय २२ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार जिल्लामा कुल तीन सय ४४ मतदान केन्द्र छन् ।