मनोरञ्जन

हरि उप्रेतीको शब्दमा ‘पिरहरुले’ सार्वजनिक

१४ असोज, काठमाण्डौं । नेपाली सुगम सङ्गीत की उदयिमान गायिका रोसा फुयाँलको आवाजमा रहेको ‘पिरहरुले’ को भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा रहेर पनी नेपाली गीत संगीतको रचनामा क्रियाशिल गीतकार हरि उप्रेतीको शब्द तथा तृप्ती खड्का गुरुङको संगीतमा गीत तयार गरिएको छ । ‘पिरहरुले’ गीत लाई दिपक राज विश्वकर्माले एरेन्ज गरेका छन । सन्तोष चौहानको छायाँकन तथा सम्पादन रहेको छ ।