समाचार

मासु घाँटीमा अड्किएर एकको मृत्यु

१८ असोज, भरतपुर । मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पु¥याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।