विचार/ब्लग

युवा मेयर र डोजर नातिहरुसग वहश

प्रा. डा. नृसिह कुमार खत्री/-नातिहरु, नातिनीहरु तिमीहरका साथ खेल्न म धेरै मन पराउदछु, अल्वर्ट आइन्स्टाइन पनि त्यसै गदृथे । उनीचाहि गुच्छा खेल्दथे । म चाहि चङ्गा, मादल, डार्ट गेम खेल्न मन पराउदछु । अनीहरुपनि खेल्दा वरु थाक्छन तर आमा घर जादैनन। हो राजनीतिमा पनि जिते राजनीति हो र न जिते समाज सवा होस भन्नु र गर्नु पर्दछ ।
कस्तो युवा प्रवेश ः
राजनीतिमा आम युवा मात्रपनि प्रतिनिधि भएर जाने होइन । शिक्षित, दीक्षित, कमसेकम गेजयटश भएको, उमेरपनि ३० चाहि पुगेको, पार्टी मा १० भन्दा बढी अवधी लागि सकेको भएमा काम दिन सक्दछ । जसले समाज जानेको वुझेको होस । ती युवालाई खास समयमा सही काम गर्नकालागि वुद्धि दिएर काम सम्पन्न गराइकन, त्यसको लाभ आवश्यक भएको व्यक्ति वर्गलाई दिन सक्ने, ती आवश्यक पर्ने व्यक्ति र वर्गको अनुहारमा, जहान परिवारको मुहारमा खुशी ल्याउन सक्ने ज्ञान क्षमताको जेष्ट, श्रेष्ट नागरिक पनि समावेश भएको दल नै चाहिन्छ । हामीकहा सो पनि तारतम्य मिलाउन आवश्यक पर्ने देखिन्छ, आवश्यक पर्दछ ।
राजनीतिमा हामी र चर्चा?
हो गर्न सकेमा सो खालको राजनीतिले सार्थक परिणाम ल्याउदछ । राजनीतिक विश्लेषक श्री पुरन्जन जी र मेरो बीचमा छोटोमात्र कुरा हुँदा मैले भने कि हेर्नुस “पुरन्जन जी सकेमा उसलाई चेलो बनाउने सकियन भने उसलाई गुरु थाप्नु पनि पर्दछ नि ज्ञानको श्रृजनामा” भन्दा त्यो त हो म मान्छु । कृष्ण र अर्जुन, सोक्रेटिज र प्लेटो त हुनै पर्दछ । यही गुरु चेलाको परम्पराबाट हाम्रो राजनीति अगाडि बढेको हो भन्नु भयो । वुझौ कि प्रचण्ड र बावुरामले विश्राम लिएभने फेरी नेपाली लाइ यी काग्रेस कमिनिष्ट ले मान्छे गन्छ? विधिमा चल्दछ? यीनले डण्डा पाउकि स्वघोष्ति हविल्दार वन्दछन । त्यसैले घुमाइ फिराई तीनका सनतन तीनीहरलाई जिम्मालगाउन पर्दछ । तिमीहरु के भन्दछ?
काठमाण्डौ, समाज, र सस्कृति
काठमाण्डौले समाज, नेवारहरुका समाज नै हो । भित्र केहीसस्कृति इतिहास सभ्यता जोगाउन नसकेमा यहाँबाटनै व्यवस्थाले आपनो पतनको बाटो लाग्दछ, परिवर्तन खोज्न थाल्दछ ।
रामायणमा पाइने कथा महाभारत सगपनि जोएिको देखिन्छ कि “हनुमान जी ले भाई भीमको अभिमान तोडनकालागि बाटोमा सुत्नु भएको, भिमले हनुमान जी लाई त पहिले वाँदर भन्दै हप्की दप्की गरेको, पछि मत बुढो भइसकेको तिमी पुच्छर हटाएर आपनो बाटो लाग भाई भन्ने निकास दिएको, लाखौ लाख प्रयास गर्दा नसकेपछि अन्तमा भिम जीले रहश्य थाहा पाएर ज्ञान लिएको” कथापनि शक्तिशाली पात्र, महापात्रहरुले जान्न मान्न र स्मरण गर्न आवश्यक देखिन्छ । भलै वालेनजी हाम्रो मेयर अति जोशीला चाहि युवाकै जस्तो छ ।
एक युवा मित्रले मेरो काम कुरा लाई हेरीरहनु भयो । म त डेरा तिर लागे । भोलीपल्ट समाचारमा हेर्दा वालेन शाह जी ले अलफा, विटा र वानेश्वरमा डोजर लगाएर त्यहाँ डनको शैलीमा हप्की दप्की गरे, अनि आफु महिलाहरुको तिजमा गएर रमाइलो गरे भन्ने पनि सन्जालमा नाँच हेर्न पाइयो । त्यो युवाको कलाकारको प्रतिभा प्रस्फुटनको अभिव्यक्ति हो । मेरो अग्रज एक प्रोफेशरले पनि त्यसलाई सही जस्तो नलागेको कमेण्ट गर्नु भएको पाए ।
कठमाण्डौका लागि मेयर किन यहाको समाज समुदायको मनोभाव
काठमाण्डौको मेयरले त्यत्ति मात्र ज्ञान, शीप, क्षमता, कलाकारिता भएर पुग्दैन । किनभने त्यही काठमाण्डौले प्रचण्ड माधव जितायो र हरायो । चतुर नेता के पी ओली उठायो, सुतायो र बाबुराम जीहरुलाई हरायो र जितायो पनि । गरेको काम फिर्ता लिन लगाउनु पनि हार हो ।
किनभने काठमाण्डौको जनता, समाज र समुदायको बीचमा एउटा मनोभाव देखिन्छ । त्यो हो, यसले मान सहन्छ अपमान सहन गर्दैन । आपनो धर्म मान्दै सस्कार, सस्कृति र सभ्यतामा गौरव गर्दो रहेछ । शासक ज्ञानी, विवेकशील र भद्र तथा शालीन खोज्दो रहेछ ।
जनताले विधि पालना गर्दछ, सोही जनताले विवेकहीनता सहन गर्दैन । यही मनोदशामा जो नेता खेल्न सक्दछ, उ सफल हुन्छ, जो खेल्न सक्दैन उ यात कुनै तरिकाले समाप्त हुन्छ यात विदेशी चाल वाजी बाट विस्तारै परीक्षित हुदै पलयान हुन्छ । मदन भण्डारी समाप्त गरिएकै हुन । उनी माथिल्लो तहको सुचना राख्ने तर आपना मित्रहरुमा विश्वास गर्ने भएकाले चलखेलवाट सकिए । राजा वीरेन्द्र पनि चलखेलबाट सक्एिका हन, सवैले भनेको सवैले जाने र मानेकै छन । तिनीहरुले नेपालको राजतन्त्र सकेका हुन इतिहास, गौरव, सक्न खोज्दै धर्म र सस्कृति माथि धमाधम प्रहार गरीरहेको छन ।
अव युवा वर्तमान मेयर साहेव ज्यूको काम गराइको अङ्ग र ढङ्ग दुवै पुगेको छैन भन्ने सुनिन्छ, किनभने उहाँलाई सरकारको तीन अङ्गहरु हुन्छन भन्ने थाहा छ कि छैन ? दोश्रो सरचना वनिसकेको भएमा त्यसलाई निश्चित अवधीभित्र हटाउने भत्काउने काम गर्नु पर्दछ। नगरेमा भोग गर्नेको पनि भोगाधिकार रहन्छ भन्ने सम्पत्तिको कानुनले भन्दछ, मान्दछ भन्ने थाहा छ कि छैन ? पहिलेको कानुनले स्वीकार गरेका विषय सो कानुन खारेज भएपछि पनि त्यसलाई उत्तराधिकार कानुनले विराशत पाएर अपनत्व लिन्छ भन्ने कुरा थाहा छ कि छैन ? तेश्रो आफु चाहि डनको शैलीमा ठूलो ठूलो श्वरले वहश गर्दै कराउने ? अनि डोजर लगाएपछि नाँच गानमा रमाउने जानेले त्यही डोजर लागेपछि छरिएका मोमो बनाउने भाँडामा पीडित आपनो परिवारको दैनिकी, लाला वालाको खाना, नाना र शिक्षा तथा औषधीको लागि उनको आमाले देखको सपना जोडिन्छ कि जोडिदैन । यो थाहा छ कि छैन ?
आवश्यकताले कानुन जान्दैन । हामी वकीलहरु यही सिद्धान्त मान्दछौ । यहाँ वाँच्ने वँचाउने आवश्यकता होकि मार्ने वा भत्काउने चाहि आवश्यकता हो ? यस्तो प्राणीको वाँच्ने सवेदना जोडिएको विषयमा जान्न वुझन नसक्नेले राजनीतिमा नलाग्नु, अरु मन लागेको पप, डिश्को भट्टीमा नक्कली कलाकार जस्तो भएर लाग्दा मनोतुष्टि मिल्ने र सवैको कल्याण हुन जान्छ । किनभने राजनीति भनेको राजा हुने र राजा भएर सवैलाई वाच्ने र बँचाउनकालागि भर दिने नीति चलाउने खेलाउने खेल हो ।
नत्र यस्ता जीवन जोडिएको छ भन्ने, सोच्नु पर्दैन ? मकै पोल्ने आमा र नानीहरुको जीवन जोडिएको छ भन्ने सोच्नु पदैन ? सवै यी कामहरु जायजनै भएपनि समय, अवधी, वेला पुर्याएर, तरिकाले काम गर्दा मात्र त्यसबाट अपेक्षित परिणाम सही तरिकाले सही समयमा आउन ल्याउन सकिन्छ भन्ने मेयर साहेवलाई भन्ने र ज्ञान दिने विज्ञ समुह पनि चाहिन्छ ।
कि आपनो ओछयान, मोमो पकाउने सामानहरु मैले सुरक्षित तरिकाले राख्न मिलाउननै पाइन भन्ने दोकान गनेर्, महिलाको भनाई र उनको आशुको मूल्य वालेनजी को मेयर पदवीको मोल भन्दा महगो छ किनभने वालेन जी त्यसै किसिमका मतहरु पाएर आएका हुन । शक्तिमा पुगेकाहरुले शक्तिको सही उपयोग गर्नु पर्दछ । शक्ति प्रयाग गर्नु अगाडि सोचेर ३५ दिनको अवधी मात्र होइन, त्यहाँ भाडामा वस्नेले अरु १५, दिन अरु सात दिन त्यसपछि तीन दिन गर्दै निरन्तर पछि लाग्दै हामीले अर्को व्यवस्था गर्नै पर्ने रहेछ भन्ने अनुभूत गराउन पर्दछ हुन पर्दछ । मेयरले त कानुन, नीति पनि निर्माण गर्न सक्दछ । उनले पशल राखी जीविका गर्नेहरुको लगत लिएर यति दिन भित्र तिमीहरुले आपनो आपनो व्यवस्था र वन्दोवस्ती गर भन्ने बनाउन सक्दैनन ?
विवेकहीन विकास, विवेकहीन काम गराइले मानिसहरुको मन जित्न सक्दैन । वरु समपुस्थितिमा पीडा दियो भने त्यो पिडाको घाउ वेला वेलोमा वदलाको भावमा जाग्दछ तर मर्दैन । त्यही कुरा हामी प्राविधिक इन्जीनियर्शहरुमा हामी अभाव पाउदछौ । यो पनि राजनीतिमा ध्यान दिन आवश्यक देखिन्छ ।
नेपालको राजनीतिमा भारत, अमेरिकाको जोड, दवाव अहिले हावी भएको छ । असल काम गर्ने,काम गर्न चाहने हरुमा विदेशको प्रभाव त देखिन्छ ? दल भित्रनै प्रभाव पनि देखिन्छ । नागरिक विधेयक ल्याएर डामाडोल गर्ने गराउनेहरु, तिनका नाइकेहरुनै कोही वालेन ठीक कोही वालेन वेठीक किन भनीरहेको छन ? भने ती राजनीतिक नेता होइनन । नेपाललाई जोगाउने, सुरक्षा गर्ने अग गर्दा गराउदा बनाउने कामको पनि दीर्घकालीन असर, परिणाम सोचेर, थाल्नु वेश हुन्छ, त्यसको पाठ दलहरुले पनि सिकुन । यसको पाठ मतदाताहरुले पनि युवा भनेर मात्र होइन कि ज्ञान, शीप गुण योग्यता क्षमता सुझ वुझ ज्ञीप ज्ञान र विवेक भएको युवालाई अगाडि बढाएर उनीहरुको साथ सहयाग गर्ने ५ जना जेष्ठ नागरिकहरुको समूहका साथ काम लगाइयो भने केही होला? नत्र कच्चा वैद्यको मात्र यमपुरीको यात्रा होला जस्तो चै लागिरहेको देखिन्छ ।