विचार/ब्लग

बीरबहादुर बलायर ईतिहास साक्षी नाम काफी

केशव कुमार मलाशी/देशको भौगोलिक तथा विकासका दृष्टिकोणले केन्द्रबाट टाढा तर प्राकृतिक तवरले सबैभन्दा धनी र सुन्दर सुदुरपश्चिम कैलाली जिल्लाको क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका प्रदेश सभापति, पुर्व भौतिक तथा पुर्वाधार मन्त्री तथा पुर्व केन्द्रीय सदस्य बीरबहादुर बलायरले आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी सिफारिस भएका छन्।
सविधानको सफल जारी पश्चात परिपालनकर्ता ऐतिहासिक पार्टी नेपाली कांग्रेसले बलायरलाई पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर ४ मा प्रदेश सभापतिका हैसियतले प्रदेश राजधानीका रुपमा घोषित गोदावरी क्षेत्र पर्ने सो क्षेत्रमा उम्मेदवार बनाउने भएको हो।
पुख्यौली घर डोटीमा विसं २०२२ साल भदौ ४ गते डोटी लाटामाण्डौं–६ मा मध्यमवर्गीय परिवारमा जन्मिएका बलायरका बाबु बाम बहादुर बलायर र आमा डम्मरीदेवी वलायर हो भने श्रीमतीको नाम शर्मिला वलायर रहेको छ । बलायरले गणितमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्।
परिवारिक पृष्ठभुमि पश्चात राजनीतिक यात्राको चर्चा गर्दा ३ वर्ष ६ महिना बन्दी जीवन बिताएका बलायर ०४६ सालको जनआन्दोलनताका निकै चर्चित विद्यार्थी नेता थिए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका चर्चित युवा नेता नेविसंघ अध्यक्षमा थोरै मतान्तरले पराजीत भएका थिए। विगतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराउन अन्तरघात गरेको भन्दै पार्टी भित्रै सत्य र न्यायको लागि आवाज बुलन्द गर्ने बलायर पार्टी भित्र तथा बाहिर खरो स्वभाव र जुन कुरा गर्न सकिन्छ तेहि मात्र बोल्ने नेताका रुपमा चिनिएका छन । विसं २०३३ सालदेखि विधार्थी राजनीतिमा प्रवेश गर्दे २०३६ सालको विधार्थी आन्दोलनका अग्रमोर्चाका कमान्डर थिए । वि।स २०४६ सालमा भएको जनआन्दोलनका निकै चर्चित विद्यार्थी नेता बलायरका तत्कालिन गर्विलो ईतिहासका केही चाखलाग्दा दपर्णहरु अहिले पनि चर्चा हुने गरेको छ।
इतिहास १ः “२०४६ सालको जनआन्दोलनमा सुरक्षा समिती संयोजक थिएँ । २०४४, ४५ र ४६ साल मेरा निम्ति खुकुरी बर्ष रहे । बिरोधिका खुकुरी र पुलिसका बन्दुकका नाल र लाठीका दागहरु नभएको शरिरमा कुनै अंग छैन । म बस्न काठमाडौंका कुनै जेल बाँकी रहेनन होला । एकपटक उपल्लो दर्जाको एक जना पुलिस अफिसरले सोधें, के तपाईंलाई आफ्नो ज्यान खतरामा छ जस्तो लाग्दैन ? मैले भने बलिदानी त हाम्रो लक्ष्य हो ”
इतिहास २ः “मलाई तत्कालीन दरबारबाट दर्शनभेटको लागि अफर आयो । एकजना जर्साब आउनु भो र भन्नू भो, पञ्चायतको बिरोध नगर, के चाहिन्छ भन । जवाफ दिए, तपाईं दरबारको जर्नेल हुनुन्छ, म सडकको जर्नेल हुँ, दरबारका जर्नेल एकदिन सडकमा आउनेछन र सडकको जर्नेललाई सलाम ठोक्नेछन किनकि म आजिवन सडकको जर्नेल हुँ ।”
यी नै ईतिहासका दर्पणका रुपमा जनताको स्वतन्त्रताका लागि आफनो रगतले सडक र जेलका भित्ता रंँगाएका निडर नेता बलायर नेपाली कांग्रेसको डोटी जिल्ला सभापति, नेपाली कांग्रेस केन्द्रीय सदस्य, २०६४ सालको संविधानसभा २०६४ को उम्मेदवार हुदै २०७० सालको द्रोस्रो संविधानसभा निर्वाचनमा डोटी (१) बाट निर्वाचित हुदै सविधानको हस्ताक्षरकर्ता समेत हुन। देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट डोटी–१ बाट प्रत्यक्ष निर्वाचित सांसद भएपछि बलायरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाका साथै देउवा पत्नी आरजु देउवाको पनि विश्वास पात्रका रूपमा चिनिएका छन।
देश र जनताका लागि पार्टीभित्र र बाहिर राजनैतिक दलको नेतृत्वलाई साथ लिई निरन्तर संघर्ष गर्दे बलायरले जहानियाँ, हुकुमी, निर्दलीय, तानाशाहीलाई परास्त गर्नुसँगै जनताको आफ्नो संविधान आफै बनाउने र कांग्रेसकै नेतृत्वमा सरकारले जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने लयमा बलायर दत्तचित भएर लागेका छन। अखण्ड सुदुरपश्चिमका अभियन्ता समेत रहेका वलायर लोकतान्त्रिक आन्दोलनको उर्बर भूमि सुदुरपश्चिमा नेपाली कांग्रेसको संगठन सशक्त बनाउदै स्थानिय चुनावका बेलामा हरेक स्थानीय निकायमा आफै पुगेर जित्ने सामथ्र्य बनाउने बलायर प्रदेश सभापति भईसकेपछि यस क्षेत्रमा काग्रेसको प्रभुत्व बढेको प्रमाणित भएको देखिन्छ।
मुलुकलाई अफ्ट्यारोमा पर्दा हरेक समय काङ्ग्रेसले बचाउने गरेको कुरा स्मरण गराउने बलायरले सुदूरपश्चिममा कांग्रेसलाई एकढिक्का बनाएर विकास केन्द्रित बनाउँन र बलियो बनाउन केन्द्रीय राजनिती पद लोलुपतालाई समेत त्यागेर प्रदेशमा आएको र प्रमाणित पनि गरेको पाईन्छ । घरघर जाऔ काङ्ग्रेस जिताऔ अभियानको प्रदेश भरी नेतृत्व गर्दाको परिणाम स्वरुप सुदूरपश्चिम प्रदेशका ८८ मध्ये नेपाली कांग्रेसले ४० पालिका प्रमुख र ४६ उपप्रमुख पनि कांग्रसकै नेतृत्वमा जिताउदै प्रदेश भरीको प्रभाव बढाएको देखिन्छ । स्थानिय चुनाव पश्चात पनि सबै जनप्रतिनिधिलाई सभापति बलायरले स्पष्ट निर्देशन दिदै विकासको मार्गचित्र कोर्न र आर्थिक अभाव हुन नदिन आफु लागिपर्ने बताउदै आएका छन। प्रदेशभरिका नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई बेलाबेलामा मार्गदर्शन गरिरहने बलायर आफनै पार्टीका निर्वाचित जनप्रतिनिधिले भ्रष्टाचार गरे पार्टीले हदैसम्मको कारबाही गर्ने देदि घरघरमा सिंहदरबारकोको परिकल्पना साकार पार्न जनप्रतिनिधिलाई बल पुराउन दिनरात नभनी खटिरहेका स्पष्ट वक्ताका रुपमा पर्दछन्।
जब सम्म मानिस विलाशी जीवनशैलीबाट मुक्त हुनसक्दैन तब सम्म राजनीतिमा औचित्यहिन शक्ति संघर्ष र ब्यक्तिगत महत्वाकांक्षा हावी हुन्छ, अन्ततः राजनीतिले सहि नेतृत्व पाउन सक्दैन भन्ने विचार राख्ने बलायर सुदुरपश्चिम प्रदेश भित्र औंलामा गन्न सकिने नेपाली कांग्रेसका नेताहरु मध्य दोश्रो पुस्तामा पर्ने एक दुरदर्शी राजनितिज्ञका रुपमा रहेका छन् ।
विगत देखि नै निडर, साहासी, कर्मठ, जुझारु एबम आफ्नो छुट्टै राजनितिक छवि बनाउन सफल नेतालाई चिनिएका बलायर कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने पक्का भएपछि चर्चामा रहेका छन्। यस क्षेत्रको अधिकांस भाग पहाडी भूभाग रहेकाले त्यहाँको विकास, शिक्षा, सडक र स्वास्थ्य यस क्षेत्रका जनताको सबैभन्दा ठूलो सरोकारको विषय बन्ने गरेको पाईन्छ । विगतका विजयी उम्मेदवारहरुले निर्वाचनपछि यी विषयमा त्यति चासो नदेखाएकाले पनि यहाँका जनता बलायर प्रति सकारात्मक र उत्साहित भएको विश्लेषण गरिन थालेको छ। सुदुरपश्चिमको कुनाकाप्चामा जन्मिएर केन्द्रीय राजनितीम प्रभाव जमाउने एक गौरबशाली साहसी बिद्यार्थीकाल देखि निस्वार्थ राजनितिक संघर्स गरेको उदाहरणिय नेता वीर बलायरले जिते इतिहास इतिहासै नै हुने जानकारहरु बताउछन् ।

(मलाशी वन प्राविधिक र सामाजिक अभियानकर्मीसँगै समसामयिक राजनितिक विषयवस्तुमा पनि कलम चलाउछन्।)