खेलकुद

ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलाको कीर्तिमान

२ कात्तिक, पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको महिला ज्याभ्लिन थ्रोमा पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

पोखरा रङ्गशालामा आज भएको खेलमा चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । आर्मी क्लबकी लक्ष्मी थारुले नेपालमा नै भएको १३औँं दक्षिण एसियाली खेलकद प्रतियोगितामा बनाएको ४५.२७ मिटरको कीर्तिमान भङग गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।
सो स्पर्धामा लक्ष्मीले ४५.४९ मिटर थ्रो गर्दै रजत हात पारेकी छिन् । कास्य जितेकी एपीएफकी सीमा चौधरीले ४५.२० मिटर थ्रो गरिन् । यसै विधाको पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका थिए ।