खेलकुद

महिला चार सय मिटर रिले दौडमा आर्मीलाई स्वर्ण

२ कात्तिक, गण्डकी । महिला चार सय मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ ।

आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक हात पारेको हो । आर्मीका लागि रमिता गुरुङ, सरस्वती चौधरी, जयरानी थारू र निर्मला थापाले ४९.६० सेकेन्डमा दूरी पार गरेका हुन् ।

गण्डकीका लागि मसिना अधिकारी, अनिशा भण्डारी, सविना खातुन मियाँ र निशा घर्तीले ५२.७५ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक प्राप्त भएको हो । बागमतीका लागि रजिता दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजना आमात्यले ५२.७६ ले दूरी पूरा गर्दै कांस्य पदक जितेका छन् । त्यस्तै पुरुष चार सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ ।

एपिएफका नीरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामी मगरले ४२.४४ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक हात पारेका हुन् । त्यस्तै आर्मीका जीवन चौधरी, विवश थारू, युवराज विक र डिल्ली भण्डारीले ४२.६० सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक हात पारेको हो । लुम्बिनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारू र तुल्सीराम थारूले ४४.३८ सेकेण्डमा पूरा गर्दै कांस्य पदक जितेका छन् ।