खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : ट्राइयाथलनमा आर्मी र एपिएफलाई स्वर्ण

२ कात्तिक, अन्नपूर्ण (कास्की) । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ट्राइयाथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एकरएक वटा स्वर्ण जितेका छन् ।

पोखरामा भएको ट्राइयाथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्णपदक जितेका हुन् । पुरुषतर्फ निर्धारित २० किमी साइक्लिङ, सात सय ५० मिटर पौडी र पाँच किमी दौड एक घण्टा नौ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण जिते ।

आर्मीकै दीपेश चौधरीले रजत पदक र नेपाल पुलिसका मौलिक महर्जनले कास्य पदकमा चित्त बुझाउनुप¥यो । महिलातर्फ भने निर्धारित दूरी एक घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपिएफकी सोनी गुरुङले स्वर्णपदक जितेका हुन् । नेपाल पुलिसकी श्रीवी महर्जनले रजत र केशरी थापाले कास्यपदक जिते ।