कुराकानी

सुनसरीमा अहिले पनि काँग्रेस बलियो छ, तीन क्षेत्र र प्रदेश सभामा काँग्रेसले विजय प्राप्त गर्छः केन्द्रीय सदस्य कोईराला (अन्तरवार्ता)

देशभर यतिबेला निर्वाचनको माहोल गर्मिएको छ । सुनसरीमा पनि ८ प्रदेशसभा र ४ प्रतिनिधिसभाका बिभिन्न पार्टी र स्वतन्त्र उमेदवारहरू आ–आफ्नो क्षेत्रको घरदैलोमा व्यस्त छन् । सुनसरी २ (ख) मा दोस्रोपटकका लागि दोहोरिएका प्रदेशसभा सदस्यका उमेदवार राजिव कोइराला पनि चुनावी माहोलमा होमिएका छन् । उनी यसअघि पनि यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए भने प्रदेशसभा सदस्य कोइराला तत्कालीन नेपाली कांग्रेस प्रदेश नम्बर एकको संसदीय दलको नेता समेत थिए । प्रदेश नम्बर १ मा ३ पटक सरकारको नेतृत्व बद्लिइरहँदा नेता कोइरालाको नाम मूख्यमन्त्रीका रूपमा चर्चा हुने गरेको थियो । यसपटक पनि उनी प्रदेशसभा सदस्यका लागि चुनाव लड्दैगर्दा आगामी मूख्यमन्त्रीको रूपमा हेरिएको छ । प्रस्तुत छ, उनै नेता कोइरालासँग गरिएको सुर्यखबर प्रतिनिधि सुबिन बिश्वकर्मासँगको कुराकानीको सम्पादित अंशः

दोस्रोपटक पनि प्रदेशसभा सदस्यकै लागि उम्मेद्बारी दिनुभयो, किन ?
मलाई मेरो पार्टीले दोस्रोपटक पनि उम्मेद्बारी दिन योग्य ठान्यो होला । आमजनतामाझमा पनि मेरो त्यस्तो नकारात्मक छवि नभएकाले मेरो पार्टीले फेरि विश्वास गरेर टिकट दियो । यसअघि प्रदेशसभा सदस्यका रूपमा मैले गरेका कामहरू र गर्न बाकी कामहरूको लागि पनि म दोस्रोपल्ट प्रदेशसभामै चुनाव लडिरहेको छु । सँगै पूराना केही बाटोघाटो लगायतका योजनाहरू अधुरो थियो, जो सरकारमा छ उसैले योजनाहरू आफ्नो क्षेत्रमा सोहोरेर लैजाने प्रवृतिका कारण त्यो पूरा गर्न पाइएन । स्वास्थ, शिक्षा, स्वास्थ बिमा जस्ता सवालहरूमा काम गर्न बाँकीनै छ । त्यसमा पनि सबैभन्दा महत्त्वपूर्ण कुरा कसरी रोजगारी सिर्जना गर्ने भन्ने सवाल छ, त्यसको लागि प्रदेशसरकारले महत्त्वपूर्ण योजनाहरू अघि सार्नुपर्छ । तर खासगरी हाम्रो मूख्य एजेन्डा भनेको राजनीतिक एजेन्डा नै हो । संघीय लोकतान्त्रिक गणतन्त्रमाथी प्रहार गर्ने कोसिस कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले गरेको थियो, त्यसलाई बचाउनुनै हाम्रो मूख्य एजेन्डा हो ।

दोस्रोपटक चुनाव लड्दा चाहिँ चुनौती वा सम्भावना के हुने रहेछ ?
चुनौती पहिला पनि त्यस्तै थियो । विकास निर्माण र पूर्वाधारका कुराहरू थिए, अहिले पनि त्यही कुरा छ । जनताले प्रदेशसभा सदस्य चुनेर पठाएपछि स्थानीय मुद्दा मलखाध, बाढीपहिरो, जनजिविकाका सवालमा कतिपटक संसदमा बोल्नुभयो भनेर सोध्नुको सट्टा विकास निर्माण कति भए, चुनाव जितेर गएपछि स्थानीय जनतामाझ कुन रूपमा ‘टच’ मा रहनुभयो भनेर सोधेको पाइरहेको छु । तर मेरो बिचारमा यी दुबै सवालहरूलाई समानान्तर रूपमा अघि बढाइनुपर्छ, एउटा निर्वाचित सांसदले । सांसद जनतासँग सधैं सधैं संगै हुनुपर्छ मलाई लाग्छ म सधैं जनतासँग नजिक भएर आफ्नो जिल्लनमा नै रहेर काम गरिरहेको छु, जनताले कसरी मूल्यााकन गर्नुहुन्छ त्यो जनताको विवेकले गर्ने कुरा हो, ।

केही समय अगाडि यहाँका संघीय सांसदका उमेदवार सिताराम मेहता र तपाईं विरुद्ध ‘मुर्दावाद’को नारा लागेछ नि, कस्तो महसुस गर्नुभयो ?
त्यो सन्दर्भ चाहिँ ‘उमेदवारसँग सवाल जवाफ’ भन्ने कार्यक्रम राख्नुभएको थियो, पत्रकार साथीहरूले । त्यहाँबाट फर्किने क्रममा केही साथीहरूले त्यसरी नारासहित कालो झण्डा देखाउनुभयो । त्यसले मलाई खास नकारात्मक प्रभाव भन्दा पनि राजिव कोइरालालाई चर्चित चाहिँ बनायो भन्ने मैले बुझेको छु । जीवनमा मैले यत्तिको राजनीतिक यात्रामा मलाई पनि कालो झण्डा देखाइयो, म त अत्याधिक खुसी छु । हामीले पनि स्वर्गीय प्रधानमन्त्री मनमोहन अधिकारीलाई कालो झण्डा देखाएकै थियौं, आज मेरो नाममा पनि कालो झण्डा देख्नुपर्दा सधै वाहवाहिमा बाचिरहेको नेतालाई कस्तो महसुस हुन्छ भनेर अनुभव गर्न पाए । मलाई त खुसी लाग्यो । हामीलाई त्यस्तो व्यबहार गर्नी ती साथीहरूलाई मैले चाहिँ धन्यवाद भनें । किनभने लोकतन्त्रमा सवालजवाफ हुनुपर्छ । सबैको रचनात्मक आलोचना गर्न पाउनुपर्छ, वास्तविक नेतालाई आलोचनाले नै अगाडि बढ्न प्रेरित गर्दछ ।

तपाईंलाई प्रदेश–१ को भावी मूख्यमन्त्रीको रूपमा पनि हेरिएको छ नि ?
मूख्यमन्त्री भनेर हुने कुरा होइन, यो प्रक्रियाले हुने कुरा हो । यसको लागि संसदको अंकगणित मूख्य आवश्यक विषय हो । जनताले अनुमोदित गरेर पठाउन बाँकी नै छ । तर समग्रमा मूख्यमन्त्री भनेको पछीको कुरा हो । अहिलेनै भन्न पनि मिल्दैन । फेरि पनि आवश्यकता परे मूख्यमन्त्री पनि परको कुरा होइन । अहिले नै म वा अरु कसैले पनि मुख्यमन्त्री हुन्छु भनेर भन्ने समय हो जस्तो लाग्दैन ।

तपाईं नेपाली कांग्रेसको निवर्तमान जिल्ला सभापति र वर्तमान केन्द्रीय सदस्य पनि, पछिल्लो समय सुनसरी कांग्रेसको बारेमा बाहिर जुन किसिसको नकारात्मकता सुनिन्छ, यसमा तपाईंको के टिप्पणी हुन्छ ?


यो नकारात्मकता सुनियोजित हो । यसलाई राजनीतिक दलले चिरफार गरेर अगाडि बढ्नुपर्थ्यो । हुन् त सुनसरी जिल्लामा कांग्रेसको संगठन मजबुत छ र हामी गठबन्धनमा पनि छौ । लोकतान्त्रिक बाम गठबन्धन आजको आवश्यकता पनि भएकाले मलाई विश्वास छ, मतदाताहरूले सुनसरीका ४ वटै क्षेत्रमा हामीलाई विश्वास गर्नुहुनेछ । उसभन्दा अगाडीको २०७४ सालको निर्बाचनमा काँग्रेसलाई मेरो नेतृत्वमा नै ४ क्षेत्रमध्ये ३ क्षेत्र निर्बाचित गराउन सफल भएका थियौं । अहिलेपनि नेपाली काँग्रेसले अधिकाँस स्थानमा बिजय हुने निश्चत नै छ जस्तो लाग्छ ।


तपार्ईले निर्बाचन जित्नुहुन्छ त ? प्रतिनिधि सभाबाट सिफारिस भएपनि प्रदे सभामै उठ्नुभयो किन ?
म प्रदेश सभामा र सिताराम मेहता प्रतिनिधि सभाबाट निर्बाचनमा बिजय हुन्छौं । पार्टीले मूल्याँकन गरेर प्रदेश सभामा नै उचित ठानेर टिकट दियो यसलाई अन्यथा ठान्नुहुन्न, गठबन्धनका कारण पनि काँग्रेस नेतृत्वलाई सन्तुलन मिलाउन समस्या भयो होला, अनि हामी काँग्रेस नेता कार्यकर्ताले पद नै चाहियो पदमात्र ठूलो हो भनेर लाग्नु गलत पनि हो जस्तो लाग्छ, पार्टीले टिकट नदिएको भएपनि जिताउन लागिपर्नुपथ्र्यो, होईन त ?


काँग्रेसले गरेको गठबन्धनको बिषयमा के भन्नुहुन्छ?

समयको आवश्यक्ताअनुसार नेतृतवले गरेकाने गठबन्धन सही छ, नेतृतवको निर्णय अनुसार जिल्लाका सबै साथ्ीहरुलाई गठबन्धनलाई मतदान गर्नलाई मेरो हार्दिक अनुरोधसमेत छ । लोकतन्त्र जोगाउन र कम्युनिष्ट अतिबादबाट मुलुकलाई जोगाउन पनि गठबन्धन जरुरी थियो । काँग्रेसलाई मत बढेर बिजय प्राप्त गर्न गठबन्धनले सहज बनाउँछ ।


एमालेले अपबित्र गठबन्धन भनेर कँँग्रेसलाई आरोप लगाएको छ नि?
उहाँ(एमाले)हरुले राप्रपालाई मत हाल्न गरेको तालमेल पनि त गठबन्धन नै हाने नि, हलोमा मतदान गर्नु भनेर एमाले अध्यक्ष केपी शर्मा ओली नै सार्बजकि रुपमा नै भनिरहनुभएको छ नि हैन र ? एमालले आफुले जे गर्यो त्यो सही र अरुले गरेको गलत भनिरहेको छ तपाईले बुझ्नुभएकै होला ।

सुनसरी जिल्ला सभापति तथा इनरुवा नगरपालीकाका मेयर केदार भण्डारी, क्षेत्र नम्बर १ सभापति सुजेन्द्र तामाङका साथमा उम्मेद्वार कोईराला


गठबन्धन गरेर विचारमा त काँग्रेस सकियो नि होईन र ? माओबादीलाई मतदान गर्नुपर्ने अवस्था आयो काँग्रेस कार्यकर्ताले यसलाई के भन्नुहुन्छ ?
हेर्नुस् राजनीतिमा स्थायी दुश्मन कोही पनि हुन्न, काँग्रे वा एमाले एक्लाएक्लै लड्ने अवस्था अहिले छैन, एक्लाएक्लै लड्दा काँग्रेस वा ठूला पार्टीको अवस्था नाजुक हुन्छ भनेर नै लोकतन्त्र, गणतन्त्र, संबिधान बचाउने शक्तीहरुसँग काँग्रेसले गठबन्धन गरेको हो, अन्य अर्थ लगाउनु उपयुक्त हुन्छ जस्तो लाग्दैन ।


अन्त्यमा के भन्नुहुन्छ ?
क्षेत्र नम्बर २ मा मलगायत गठबन्धनका उम्मेद्वारलाई मतदान गरि अत्याधीक मतले बिजयी गराउनुहुन क्षेत्र नम्बर २ बासीलाई हार्दिक आह्वान गर्दै रुखमा गर्नुभएको विवेकशील मतदाता दाजुभाई तथा दिदीबहिनीहरुको मतलाई म संसद जितेर गएभने एकरती पनि अपमान हुन दिन्न, जनताको मतको सम्मान गर्नेछु । काँग्रेसका संस्थापक नेता तथा पुर्व सभापतिहरु बिपी कोईराला, शुवर्ण शम्सेर राणा, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजा प्रसाद कोईराला, शुसील कोईराला, सहीदहरु, इमान्दार नेता कार्यकर्ताहरु, पार्टीको सिद्धान्तलगायतलाई काँग्रेस कार्यकर्ताले मार्गदर्शक बनाएर अगाडी बढ्नुपर्छ जस्तो लाग्छ ।