शिक्षा

सप्तकोशी क्याम्पसको सञ्चालक समिति चयन, अध्यक्षमा खनालसहित १७ सदस्य सर्बसम्मत्

२१ कात्तिक, चक्रघट्टी । बराहक्षेत्र नगरपालिका ७ मा अबस्थित सप्तकोसी बहुमुखी क्याम्पसको सञ्चालक समिति चयन भएको छ ।
सर्वदलीय बैठकबाट सर्वसम्मत रूपमा चयन भएको समितिमा १७ सदस्यीय समिति बनेको छ । जसको अध्यक्षमा बराहक्षेत्र ८ निवासी शुशिला खनाल पौडेल चुनिएकी छन् । त्यस्तै, उपाध्यक्ष हरि पौडेल र कोषाध्यक्ष मगर थापा चयन भएका छन् भने सदस्यहरूमा रत्न रम्तेल, बाबुराम बिस्ट, पुस्प ढुंगाना, फणिन्द्र भट्टराई, बिष्णु घिमिरे, जगतबहादुर कार्की, पर्शुराम आचार्य, बिजय राउत, कमला थापा, पुस्कल पराजुली, सुरेन्द्र गुप्ता, गुरु प्रसाद अधिकारी, तुलशा धमला रहेका छन् । समितिको सदस्य सचिव भने क्याम्पस प्रमुख खगेन्द्र निरौला रहनेछन् । अन्य थप ८ जना पदेन सदस्य रहनेछन् ।
२०६७ सालमा स्थापना भएको क्याम्पसमा यश अगाडी भुवननाथ दाहाल सञ्चालक समितिको अध्यक्ष रहेका थिए भने क्याम्पसको संस्थापक सञ्चालक समितिका अध्यक्ष बाबुराम विष्ट रहेका थिए ।
आइतबार पदभार ग्रहण गर्दै नवगठित समितिकि अध्यक्ष पौडेलले क्याम्पसले स्थापना गरेको अक्षयकोषमा एक लाख ५१ हजार सहयोग गर्ने घोषणा समेत गरिन् । नेपाली काँग्रेसकी केन्द्रीय महाधिभेशन प्रतिनिधिसमेत रहेकी श्रीमती खनाल यस् क्षेत्रकी बौद्धिक ब्यक्तीतवको रुपमा परिचित छन् ।