खेलकुद

पुलिस क्लबले मधेसलाई जीतका लागि दुई सय ७४ रनको लक्ष्य दियो

२२ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई जीतका लागि दुई सय ७४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर एक बलमा अलआउट हुँदै दुई सय ७३ रन बनायो । पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए ।
आरिफले ७३ रन बनाए भने अमित श्रेष्ठले ६५ रनको योगदान दिए । यस्तै दीपेन्द्रले ५१ जोडए । दिलीप नाथले ४० रन जोड्दा सुनिल धमला ११ रनमा आउट भए ।
मधेसका रुपेश सिंह र राजेश यादवले समान तीन÷तीन विकेट लिए भने आदिल आलमले दुई विकेट लिए ।