सुदूरपश्चिम

डडेल्धुरामा प्रम देउवाको शुरुआती अग्रता, सातौं पटक साँसद बन्ने संकेत

५ मंसिर, डडेलधुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले शुरुआती अग्रता लिएका छन् ।

अपरान्ह पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले १४१ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ९७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।