२६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले संसदको बैठक बस्नुभन्दा अगाडी अध्यादेश ल्याउन नहुने बिचार ब्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै सरकारले ल्याउन लागेका दुई अध्यादेशको बिरोध गर्दै आउने संसद बैठकमा छलफल गरेपछि ल्याउन आग्रह गरेका छन् ।
उनले भनेका छन्ः
अब नयाँ संसदको बैठक बस्न कति समय लाग्लारु १ हप्तारु २ हप्ता रु ३ हप्ता रुत्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।
