बिनोद त्रिपाठी /२९ मंसिर, काठमाडौं । रवि लामिछानेको नागरिकता बिषय बल्झाएर अदालत पुर्याइएको छ । यस्ले यो पुष्टि गर्छ कि यो शताब्दीको नेपाल निर्माण गर्ने मुख्य नायकमा रवि लामिछाने स्वंयलाई स्थापित गर्नेछ ।
यो मुद्दा बल्झनु भनेको बिदेशमा रहेका करिव ४० लाख नेपाली रविकै पक्षमा उर्लनेछन । उनिहरुका स्वदेशमा रहेका करिब करोड परिवारका सदस्यहरु रविकै पक्षमा हुनेछन् । जसरी चितवनका सारा जनता रविको पक्षमा दिनप्रतिदिन बढ्दै गएका छन् , त्यसरी नै यो समर्थन ७७ जिल्लामा फैलिनेछ ।
बदलाको भावनाले सृजना गरिएका घटनाक्रमले इतिहासमा कयौं व्यक्तिलाई युगपुरुष बनाइदिएको छ । जसरी अहिले रविलाई अन्त्य गर्न बदलाको प्रतिशोध बाहिर आएको छ, त्यसरी नै देश अब एउटा युग पुरुष तयार गर्न प्रसव घडिमा छ । नेपालीले अहिलेसम्म खोजेको त्यो एउटा मानिस हो, रवि लामिछाने ।
अदालत, कानुन र प्रणालीका नाम देखाएर आफ्नो देशको नागरिकलाई तं बिदेशीहोस भनेर बिदेशतिर धकेल्दा अन्य करोडौं नागरिकहरु एक ढिक्का हुनेछन् र भन्नेछन, ‘यो देशको कानुन भन्दा माथि हाम्रो नेपाली छोरो प्यारो छ अब हामी तिम्रा कानुनका नागरिक होइनौं । हामी सबै एक नेपाली हौं ।’ अनि करोडौं नागरिकहरुका नागरिकता रविकै नागरिकताको लहरमा उभिएर भन्नेछन , ‘हामी सबै नेपालीहरु रवि लामिछाने जस्तै नेपालीहरु ।’
आफ्नो देशको नागरिकलाई बिदेशी भनेर लखेट्नेहरु बिश्वमा समाप्त भएका कयौं उदाहरण छन् । नेपाल पनि अब त्यो युगान्तकारी बाटो तर्फ लम्किरहेको छ । सामाजीक सञ्जालबाट