२० पौस, काठमाडौं । नेपाल क्रिकेट लिग प्रतियोगीतामा म्याच फिक्सिगं भएको भन्ने कुरा हल्लामात्र भएको क्रिकेट संघले जनाएको छ ।
आज एक बिज्ञप्ती जारी गर्दै संघले त्यस्तो लागेका एन्टि करप्सन युनिटमा उजुरी बुझाउन अनुरोध समेत गरेको छ ।
पौस ९ गतेदेखी काठमाडौंमा भईरहेको क्रिकेट संघको आयोजनाको लिग क्रिकेट प्रतियोगीतामा बिबाद आएपछि संघले आधिकारिक धारणा सार्बजनिक गरेको हो ।
साथै संघले यस्ता बिबादित हल्ला नफैल्याउन सबैलाई आग्रहसमेत गरेको छ ।