मणि पौडेल, २५ पुस, दोहा कतार। काठमाडौं म्युजिकल ब्यान्ड कतारले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको नयाँ वर्ष धमाका–२०२३ भव्य रूपमा सम्पन्न भएको छ । कलाकार आकस्मिक कोष निर्माण सहयोगार्थ आयोजित उक्त कार्यक्रम ब्यान्डका अध्यक्ष नाजीर रहमानको सभापतित्व तथा व्यवसायी तथा समाजसेवी उत्तम गुरुङको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको हो ।
केही दिन देखीको निरन्तर बर्षाको कारण प्रभावित भएको कार्यक्रम निर्धारित समय भन्दा करिब ३ घन्टा ढिलो गरी शुरु भएको थियो । नेपाली महिला समाज कतारका बालकलाकार
हरुको स्वागत नृत्यसङ्गै सुरु भएको लाइभ कन्सर्ट कार्यक्रममा ब्यान्डका मेन भोकलिष्ट ईशान रेग्मीले देशभक्ति ४ वटा गीत प्रस्तुतिको शुरुवातमै गाएका थिए । ब्यान्डका अर्का गायक तथा गिटारिस्ट सतिस राईले ४ वटा गरि ब्यान्डको तर्फबाट फरक–फरक ८ वटा गितहरु प्रस्तुत भएको थिए ।
सस्कृतिक कार्यक्रम सृष्टि श्रेष्ठको कुमारी नाच, गुना मगरञनिशुझको लाहुरे दाइले झुक्यायो मलाई, म्याक्स नेपालको लुरी, सहित नेवा पुचःका कलाकारको धिमे नाच,किरात कोईच सुनुवारको मौलिक श्यादरशील नृत्य र क्युएन डान्स ग्रुपका कलाकारहरूले नेपाली भाषाका विभिन्न गीतहरुको साथै हिन्दी गीतमा समेत आफ्नो नृत्य प्रस्तुत गरेका थिए । यसको साथै अन्य कलाकारहरूले दर्जनौं उत्कृष्ट प्रस्तुतिहरु पेस गरेका थिए ।
कार्यक्रममा विभिन्न नेपाली मौलिक प्रस्तुतिहरु सहित मैथिली र भोजपुरी सामाग्रीहरुको प्रस्तुति सङ्गै कार्यक्रमको अन्तमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाका कलाकारहरूले प्रत्यक्ष दोहोरी गाएर सम्पुर्ण साङ्गीतिक प्रस्तुतिहरुको समापन गरिएको उक्त कार्यक्रमको प्राबिधिक पक्षका सास्कृतिक संयोजक सामुयल सुनुवार (साम)ले सम्हालेका थिए ।
कबिता खत्री र भानु शर्माले सयुक्त रुपमा सन्चालन गरेका कार्यक्रममा कार्यक्रम संयोजक रोशन अर्यालले स्वागत मन्तव्य राख्दै पहिलो कार्यक्रमबाट भएको मुनाफा मानव सेवा आश्रममा पठाइएको स्मरण गराउँदै यस कार्यक्रमको पनि आयव्यय सार्वजनिक गर्ने प्रतिबद्धता गरे भने प्रमुख अतिथि उत्तम गुरुङले छोटो समयमा ब्यान्डले पाएको सफलताको खुलेर प्रशंसा गरेका थिए ।
शुक्रबार बिहानै देखि बर्षाले प्रभावित भएको कार्यक्रम तोकिएको ठाउँबाट हलमा सारिदा दर्शक ओभरफ्लो भएपछि आयोजकलाई व्यवस्थापन गर्न निकै सकस भएको थियो । ब्यान्डको दोस्रो प्रस्तुति रहेको कार्यक्रमको समापन गर्दै सभापति रहमानले ब्यान्डलाई दिएको माया र हौसलाप्रति कृतज्ञता प्रकट गरे । उनले ब्यान्डले हरेकवर्ष कम्तीमा एउटा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
कार्यक्रम सफल बनाउने सम्पूर्ण कलाकार, मिडिया, प्रायोजक, सह–प्रायोजक, सहयोगी संस्था तथा व्यक्तिहरूलाई सम्मान गरि उत्कृष्ट कार्यक्रम गर्ने ब्यान्ड सन् २०२२ फेब्रुअरी १४ का दिन कतारमै स्थापना भएको हो ।