२६ पौस, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुगंले वर्तमान सरकारलाई ‘विश्वासको मत दिने’ नेपाली काँग्रेसको निर्णय उचित, दूरगामी, लोकतान्त्रिक र राजनीतिक निर्णय भएको बताएका छन् ।
उनले भनेका छन्, ‘निकट भविष्यमा यसको ‘सकारात्मक प्रभाव’ नेपालको राजनीतिमा देखिनेछ ।’
उनको ट्वीटः
वर्तमान सरकारलाई ‘विश्वासको मत दिने’ नेपाली काँग्रेसको निर्णय उचित, दूरगामी, लोकतान्त्रिक र राजनीतिक निर्णय हो ।
नेपाली काँग्रेसले नेपाल, नेपाली, लोकतन्त्र र नेपाली काँग्रेसको ‘भविष्य’लाई हेरेर यो निर्णय गरेको हो । निकट भविष्यमा यसको ‘सकारात्मक प्रभाव’ नेपालको राजनीतिमा देखिनेछ ।
