सामाजिक सञ्जाल

काँग्रेस बरिष्ठ नेता डा कोईरालाको प्रश्नः नेपाली आकाश किन यति धेरै असुरक्षित ?

१ माघ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले नेपाली आकाश किन यति धेरै असुरक्षित ? भन्ने प्रश्न गरेका छन् । उनले ट्वीट गर्दै काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको जहाज दुर्घटनाको खबरले स्तब्ध भएको छु भनेका छन् । डा कोईरालाले दुर्घटनामा ज्यान गुमाउनुहुने प्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना दिएका छन् ।
उनले नेपाली आकाश किन यति धेरै असुरक्षित ? यसको सुक्ष्म अध्ययन होस, बारम्बार यस्ता घट्ना नदोहोरियोस, सरकार गम्भीर बनोस भन्ने शुभेक्षा प्रकट गरेका छन् ।
आज भएको यति एयर दुर्घटना र क्षतिका बिषयमा डा कोईरालाले उक्त कुरा बताएका हुन् ।