आर्थिक

आज राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार आजको कार्यक्रमबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको छ ।

थपलियाका अनुसार त्यसका लागि आज १२ निर्वाचन आयुक्तहरुको बैठक बस्न लागेको छ । निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने छ । निर्वाचनको मिति फागुन २५ वा २६ गते तोक्ने तयारी छ ।

त्यस्तै, फागुन २५ देखि चैत १० भित्र राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोगको तयारी छ ।