अन्तर्राष्ट्रिय

क्यानाडामा आदिवासी बालबालिकाको चिहान ‘नरसंहार’ को प्रमाण भएको इरानी दाबी

एजेन्सी । इरानले क्यानडामा हालै ‘निर्दोष’ आदिवासी बालबालिकाको नयाँ सामूहिक चिहान फेला पर्नु ‘ठूलो मानवीय त्रासदी’ को प्रमाण भएको बताएका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले मन्त्रालयको वेबसाइटमा प्रकाशित एक वक्तव्यमा नासेर कनानीले चिहानको बारेमा पर्याप्त र पारदर्शी जानकारी प्रदान गर्न क्यानडा सरकारको अनिच्छाको आलोचना गर्दै यसले ‘मानवीय विपत्ति’ को गहिराइको सङ्केत गरेको उल्लेख छ ।

उनले भन, ‘देशमा यो ‘भयानक’ अपराध भएको छ ।’ विलियम्स लेक फस्र्ट नेशन (डब्लुएलएफएन)ले गत बुधबार एक पत्रकार सम्मेलनमा ब्रिटिस कोलम्बियाको एक पूर्व आवासीय विद्यालयमा थप ६६ वटा चिहान फेला परेको घोषणा गरेको थियो ।

सन् २०२१ को मे महिनामा ९३ वटा चिहान फेला परेका पूर्व सेन्ट जोसेफ मिसन आवासीय विद्यालयमा नयाँ खोजसँगै हालसम्म १५९ वटा चिहान फेला परेका छन् ।