विचार/ब्लग

नैतिक क्रान्तीका नायक प्रेम आचार्यको आत्मदह ‘डिप्रेशन’ मात्र होईन है !

बाबुराम आचार्य / मंसिर ४ गतेको आम निर्बाचनमा नेपाली काँग्रेस संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल भयो । देशभरका मतदाताले १६५ वटा क्षेत्र मध्ये ५७ वटा सीटमा प्रत्यक्षतर्फ नेपाली काँग्रेसलाई मत दिए भने ३२ सीट समानुपातिमका मत पाएर जम्मा ८९ सीटसहित काँग्रेस पहिलो पार्टी भयो । १० औं हजार मान्छे नमारी बरु आफैं पेट्रोल खन्याएर मरेका प्रेम आचार्य सामान्य नागरीकमात्र नभएर देशको परिवर्तन चाहने नागरीक भएको कुरालाई पनि ध्यान दिँदै गम्भीर भएर सोचौं, यो ब्यक्तीभन्दा प्रबृतिको कुरा हो । प्रेम आचार्यको समर्थन भन्दा उनको मर्नुभन्दा अगाडी लेखिएका झण्डै आठ अजार शब्दलाई केलाएर लागू गर्नतिर लाग्न ढिलाई भईसकेको छ ।
०७४ को निर्बाचनमा दोस्रो ठूलो दल हुँदा पनि काँग्रेसले अप्रत्याशीत रुपमा सरकारको नेतृत्व गर्ने अवशर पाएको थियो । सभापति देउवा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई बहुमत साँसदद्वारा हटाएर प्रधानमन्त्री बन्न सफल भएका थिए अहिले सबैभन्दा ठूलो दल भएपनि काँग्रेसले प्रमुख प्रतिपक्षी दलको रुपमा बस्नुपरेको छ । नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकारले गराएको २०७९ सालको निर्बाचन सफलतापूर्वक सम्पन्न भएकोमा काँग्रेस खुशी हुन नपाउँदै राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न पौस १० गते बेलुकासम्मको समय दिईन् । त्यहीअनुसार नेकपा एमाले, नेकपा माओबादी केन्द्र, रास्वपा, राप्रपालगायतका दलहरुले १६७ साँसदहरुको हस्ताक्षरसहित आफ्नो दाबी पेश गरे र पुष्पकमल दहाल प्रधानमन्त्री बने ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्रीमा नेपाली काँग्रेसले बिश्वासको मतसमेत दिन बाध्य भयो । पुरानो गठबन्धनका सहयात्री माओबादी केन्द्र र त्यसका अध्यक्ष दहाललाई बिश्वासको मत दिनु काँग्रेसको नेपाली काँग्रेसका लागि बाध्यता रहेको सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले भनिसकेका छन् । काँग्रेस साँसदहरु प्रकाशमान सिंह, गगन कुमार थापा, बिशवप्रकाश शर्मा, प्रदीप पौडेललगायतका केही साँसदहरुले प्रधानमन्त्रीमा माओबादी केन्द्रका अध्यक्ष दहाललाई बिश्वासको मत दिनुमा फरक मत राखेका भएपनि काँग्रेसका शक्तीसाली सभापति देउवाको अगाडी उनीहरुको मतले खासै अर्थ राखेन ।
माओबादी अध्यक्ष दहाल प्रधानमन्त्री बनेलगत्तै उपप्रधान एबम् गृहमन्त्रीमा रबि लामिछाने नियुक्त गरिए । नयाँ पार्टी रास्वपाका सभापति एबम् संसदीय दलका नेता रहेका लामिछाने बलियो पार्टी नेकपा एमालेको समर्थनमा निरिह प्रधानमन्त्रीका रुपमा रहेका प्रधानमन्त्री पुष्पकमल दहालका शक्तीसाली उपप्रधान एबम् गृहमन्त्री बन्न सफल भए । आफु गृहमन्त्री भएपछि पासपोर्ट कार्यालय अनुगमन गर्ने, प्रहरी तलदेखी माथीसम्मलाई सरुवा गर्ने कार्य गरे भने एमाले साँसद कोईरीलाई संसदमा भेट हुँदासमेत पक्राउ गर्न सकेनन् । उनले केहीदिनमा साँसद कोईरी पक्राउ गर्न प्रहरीलाई लिखित रुपमा नै निर्देशन दिए । इलामका प्रेम आचार्यको आत्मादह हुँदा नयाँ बानेश्वरको संसदभबन नजिकैबाट गाडीमा हुईकिएर प्रवेश गर्दासमेत पत्तै पाएनन् । बिभिन्न कार्यहरुमा आलोचना वा समर्थन हुँदा हुँदै उनको सर्बोच्च अदालतमा परेको नागरिकता बिबादमा नागरिकता लिने प्रकृया नपुगेको भन्दै साँसदको उम्मेद्वारका लागि लनमिछानेलाई अयोग्य ठहर्याईदियो जसको परिणामस्वरुप लामिछानेको रास्वपा सभापति पद, उपप्रधान एबम् गृहमन्त्रीको पद अनि निर्बाचित साँसद सबै पद एकैसाथ गुम्न गयो । रबि लामिछानेले आफु अनागरीक भएको प्रतिकृया दिएपनि केहीदिनमा नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिईसकेका छन् । नागरीकता लिएको केहीदिनमा नै पुन रास्वपाको केन्द्रीय समिति बैठकको निर्णयले सभापतिमा नियुक्त भएका छन् । रास्वपाको साधारण सदस्यसमेत नरहनेगरी खारेज भएका लामिछानेले पुनः रास्वपाको सभापति एकैपटक बन्नुलाई कानूनी रुपमा प्रश्न उठेको अवस्थामा साासदपनि नभएका बेला पुनः लामिछाने उपप्रधान एबम् गृहमन्त्री बन्ने चाहना देखाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दहाललाई लामिछानेलाई पुनः गृहमन्त्री रास्वपालाई दिन दबाद दिएकधो समाचार आईरहेको छ भने लामिछानेले पुर्वसहमतीअनुसार अगाडी नबढे सरकारबाहिर बस्ने बताएका छन् । यस अवस्थामा फागुन २५ गतेका लागि राष्ट्रपति निर्बाचनको मिति तय भईसकेको अवस्था छ । रबि लामिछानेलाई पासपोर्ट काण्डलगायतको बिबाद पनि बिचाराधिन रहेको अवस्थामा प्रधानमन्त्री दहालले पुनः उपप्रधान एबम् गृहमन्त्रालयको जिम्मेवारी दिने सम्भावना न्यून रहेको छ । उक्त पद लामिछानेलाई दिएपनि उनको बिबादका कारण सरकारलाई नै समस्या पर्ने कारणले पनि उक्त महत्पुर्ण जिम्मेवारी नदिन सक्छन् ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, साँसद, मेयर, उपमेयर, वडाध्यक्ष बन्ने दौडमामात्र नेपालको राजनीति अल्झिरहेको देखिएको छ । प्रेम आचार्यले दिउँसै आत्मादह गर्दापनि बर्तमान सरकार, प्रतिपक्षी दलहरु त्यसको समाधानको खोजीमा लाग्नुको साटो राष्ट्रपति आफ्नो पार्टीको बनाउने, सरकारलाई टिकाईराख्ने वा सरकारलाई कतिबेला ढाल्न सकिन्छ भन्ने र आफ्नो पार्टीको सरकार बनाउन जे पनि गर्ने लगायत पदका पछाडीमात्र लाग्नेहरुको भीड छ यहाँ । प्र्रम प्रसाद आचार्यको आत्मादहलाई अन्य कुनै सामान्य नागरीकको डिप्रेशनका रुपमामात्र नलिई उनले उठाएका कुराहरुलाई अधययन गरेर समाजमा भएका बिकृति बिसंगतीलाई हटाउन लागिपर्नुपर्ने बेलामा नैतिकता भन्दा सत्ताका पछिमात्र लाग्नु रबि लामिछाने र राजेन्द्र लिंदेनहरुका लागि पनि गतिलो राजनीतिक भबिश्य नहोला ।
यहाँ प्रेम प्रसाद आचार्यकोमात्र भन्दा पनि झण्डै नेपालका ९० प्रतिशतभन्दा बढी जनता वा प्रेमप्रसाद आचार्यहरुको समस्याको कुरा हो । प्रति लिटर पाँच सयको पेट्रोल हाल्दासमेत कुनै प्रतिकृया नदिने, सरकारलाई समान्य गालीमात्र गर्ने, बिरोध नै जनाउने, बिरोधका लागि मात्र बिरोध गर्ने, सवारी साधन नै नचलाउने जस्ता नागरीकहरु रहेका थिए । खाद्यान्न, घरभाडा, स्कुलको फि, स्वास्थ्य उपचार सर्बसाधारणले धान्नै नसक्नेखाल्को रहेको छ । जताततै माफीयाकरण भएको यो मुलुकको अवस्था जान्दाजान्दै पनि नागरिकहरुको आवश्यक्ताका लागि जिम्मेवार निकाय लागेको देखिँदैन ।
१०४ बर्षे जहानियाँ राणा शाशन, पञ्चायत पछि प्रजातन्त्र–लोकतन्त्र आयो भन्दै काँग्रेस, एमाले, माओबादीले शासन चलाएपनि जनपक्षी शासन हुन सकेको छैन । अहिले एमाले–माओबादी गठबन्धन सत्ता लम्ब्याउने खेलमा रहेको छ भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायत बिपक्षी दलहरु सत्ता ढाल्ने खेलमा छ । सबै आ-आफ्नो समस्यामा गिजोलिएको यो अवस्थामा देशको स्थायीत्य, दीगो बिकासको कल्पना गर्ने ठाउँसम्म छैन । मंसिर ४ गतेको भर्खरै सम्पन्न निर्बाचनमा आएको मत नै झनै अस्थिरता निम्तिने खाल्को छ । जति गाली गरेपनि आफ्नै मुख दुख्छ, सबैतिर दबाब श्रृजना गरी प्रेम आचार्यहरुको भावना बुझेर देशलाई समुन्नत बनाउनका लागि लागौं, पदमा नपुगी सकिन्न भने सबै दल आट्ने सरकार बनाएर भएपनि अब देशलाई सबैभन्दा बढी महत्व दिन ढिला हुनलाग्यो, जनतालाई प्राथमिकतामा राख्न ढिला भईसक्यो । देश र जनताको कुभलो हुनेगरी पाएको पदलाई महत्व नदिऔं, सबै लागौं, अब पनि नलागे देश कहील्यै बन्दैन है बिश्वभर बस्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु !
१० औं हजार मान्छे नमारी बरु आफैं पेट्रोल खन्याएर मरेका प्रेम आचार्य सामान्य नागरीकमात्र नभएर देशको परिवर्तन चाहने नागरीक भएको कुरालाई पनि ध्यान दिँदै गम्भीर भएर सोचौं, यो ब्यक्तीभन्दा प्रबृतिको कुरा हो । प्रेम आचार्यको समर्थन भन्दा उनको मर्नुभन्दा अगाडी लेखिएका झण्डै आठ अजार शब्दलाई केलाएर लागू गर्नतिर लाग्न ढिलाई भईसकेको छ ।