राजनीति

प्रधानमन्त्रीलाई ज्ञापनपत्रप्र बुझाउँदै माधवले भने- बाँच्न धौ-धौ भयो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै पार्टी अध्यक्ष माधव कुमार नेपालले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

अध्यक्ष नेपालले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै ध्यानाकर्षण गराएको छ । दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीको ठहर छ ।

‘देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरोस्’, ज्ञापन पत्रमा लेखिएको छ । देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन एकीकृत समाजवादीले आग्रह गरेको छ ।

हेर्नुहोस् ज्ञापनपत्र-