राजनीति

गृह मन्त्रालयबारे पार्टीमा छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी छ । सोमबारदेखि सुरु भएको बैठकमा सरकार सञ्चालन र गठबन्धन, गृह मन्त्रालयका विषयमा देखिएको अन्योलता र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको छ ।

सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि उनी पदमुक्त भएका थिए । नागरिकता पुनर्प्राप्ति गरिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले पार्टीबाट समेत निर्णय गराएर पुन: आफैँले मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेका छन् ।