राजनीति

सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गर्दा राप्रपा नेपालका उपाध्यक्ष पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका उपाध्यक्ष लाक्पा तामाङ पक्राउ परेका छन् । सिंहदरबारस्थित दक्षिण गेटमा प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीकोविरुद्धमा नाराबाजी गरेपछि तामाङ उपाध्यक्षलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनले शाहीलाई बुझाउन भनि साथमा लगेको भ्रष्टाचार सम्बन्धी उजुरी पनि दक्षिण गेटमै च्यातेर फालेका छन् ।