समाचार

लायन्स क्लव अफ काठमाडौंद्वारा ५५ मजदुरका परिवारलाई सिरक वितरण

१८ माघ, काठमाडौँ । लायन्स क्लव अफ काठमाडौंले भक्तपुर जिल्ला स्थित इट्टा भट्टामा कार्यरत ५५ मजदुरका परिवारलाई चिसोबाट सुरक्षित रहनका लागि सिरक वितरण गरिएको छ ।

लायन्स क्लव अफ काठमाडौंले भक्तपुर जिल्ला स्थित इट्टा भट्टामा कार्यरत ५५ मजदुरका परिवारलाई चिसो मौसमकाबाट सुरक्षित रहनको लागि आज एक कार्यक्रम गरि सिरक वितरण गरिएको हो । क्लवका कोषाध्यक्ष विराट प्रकाश मैनालीले संचालन गरेको कार्यक्रममा सो क्लवका अध्यक्ष नरेश खड्काले कार्यक्रमलाई सहयोग गर्ने जापानिक नागरिक डा. आचूओ कोताकी तथा लायन्स क्लव अफ काठमाडौंलाई धन्यवाद दिए ।

उक्त कार्यक्रमलाई जापानिक नागरिक डा. आचूओ कोताकी तथा लायन्स क्लव अफ काठमाडौंले आर्थिक सहयोग गरेको थियो ।