काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक बिहीबारको लागि बोलाएको छ । बैठक बिहीबार अपरान्ह साढे ४ बजे पार्टी कार्यालयमा बस्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकमा मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । रास्वपाबाट हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की छन् ।