समाचार

गुणस्तरीय खाद्यान्न खुवाउने पाँचपोखरी थाङ्पाल गाउँपालिकाको अभियान

२० माघ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाले गुणस्तरीय खाद्यान्न खुवाउने पालिकाको अभियान थालेको छ ।

जनतालाई सफा, स्वस्थ गुणस्तरीय खाद्यान्न खुवाउने उदेश्यका साथ सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाले अभियान सञ्चालन गरेको छ । गाउँपलिका प्रवेश गर्ने प्रवेशद्वारमा गाउँपालिका भित्रिने खाद्यान्न बस्तुहरुको परिक्षण गरेर गाउँपालिकाले अभियान थालेको हो ।

आम नागरिकको स्वस्थ्या संग खेल्वाड हुने जुन्सुकै खाल्को कार्य गाउँपालिका भित्र हुननदिन पालिकाको प्रवेशद्वारमा नियमित परिक्षण गर्ने गाउँपालिका अध्यक्ष टासी लामाले बताएका छन् ।

जनताको स्वस्थ्या संग खेल्वाड गर्ने अधिकार कसैलाई नभएको भन्दै छिमेकी नगरपालिका बाट म्याद सकिएको सामानहरु आईरहेकोहुनाले छिमेकी नगरपालिकाले पनि यस्तो ब्यापरीहरुलाई कारबाहीको दाहेरामा ल्याउन समेत पालिका अध्यक्ष लामाले आग्रह गरेका छन् ।

जनताको दैनिक जिवनमा प्रभाव पर्ने र जनस्वस्थ्यामा गम्वीरप्रभाव पार्ने अखाद्या बस्तुहरुको नियमित परिक्षण तथा अनुगमन गरि अखाद्या सामानहरु नष्ट गर्नेकाम गाउँपालिकाले दैनिक गर्ने अध्यक्ष लामाले बताए ।