समाचार

परराष्ट्र मन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्रीसँग भेट गर्दै

श्रीलङ्का भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले आज उच्चस्तरीय भेटघाट गर्दैछ ।

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन त्यहाँ पुगेका उनले आज साँझ श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलङ्काका विदेशमन्त्री अली सब्रिसँग भेट गर्नेनेछ । भेटवार्तापछि उनी श्रीलङ्काको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने विशेष सांस्कृतिक कार्यत्रफ्ममा सहभागी हुनेछ । भोलि बिहान श्रीलङ्काको स्वतन्त्र दिवसको अवसरमा आयोजित भफ्ण्डोत्तलोन र परेड कार्यत्रफ्ममा परराष्ट्रमन्त्री डा पौड्याल सहभागी हुने कार्यत्रफ्म छ । कार्यत्रफ्म सकिएपछि दिउँसो श्रीलङ्काका राष्ट्रपति रणिल वित्रफ्मासिङ्घेसँग शिष्टाचार भेट गर्नेछ ।