राजनीति

माओबादीमा सत्ता स्वार्थका निम्ति जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति देखियो : माधव

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पाँचौँ केन्द्रीय कमिटीको बैठकमा २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

शनिवार ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष नेपालले विभिन्न राजनीतिक आयामहरुको बारेमा चर्चा गरेका छन् । त्यस्तै, उनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरू आदि रहेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिस्ट पार्टी भएको आरोप लगाएका छन् । माओवादीको वर्ग अडान स्पष्ट नभएको र सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको र शान्ति प्रक्रिया लम्बिँदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको बताएका छन् ।

माओबादी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नभएको तर सत्ता स्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति देखिएको बताएका छन् ।