सूचना प्रविधि

के हो ‘डार्क वेब’ ?

२१ माघ, काठमाडाैं । इन्टरनेट कसले चलाउँदैन ? एक कटौरा भात खाने बच्चा देखि एक थाल भात खाने मान्छेसम्म इन्टरनेटको पँहुच छ । आजभोली मोबाइल नभई बच्चा होस् वा बूढाे, कसैलाई भात रुच्दैन । के मात्रै छैन इन्टरनेटमा ? बच्चाले युट्युबमा हेर्ने कार्टुन देखि युवाले टिकटकमा हेर्ने तन्नेरीका नृत्यसम्म, सबै इन्टरनेट मार्फत हेर्न सकिन्छ । बैंकिङ कारोबार देखि रोमान्टिक च्याट, सबै इन्टरनेट मार्फत गर्न सकिन्छ । अंग्रेजी शब्द ‘इन्टरनेट’ अंग्रेजी भाषाकै दुई शब्द मिलेर बनेको छ । ‘इन्टर’ (inter) मतलब एक आपसमा, ‘कनेक्टेड’ (connected) मतलब जोडिनु र ‘नेटवर्क’ मतलब विभिन्न विद्युतीय उपकरणहरूको समूह । ‘इन्टरनेट’ अर्थात् सबै विद्युतिय उपकरणहरू एक आपसमा जोडिनु । यसै कारण विश्वका जुनसुकै ठाउँका विषय तथा वस्तुहरू इन्टरनेट मार्फत देखिन सकिन्छ । इन्टरनेट एकदमै विशाल छ, कराेडौंको सङ्ख्यामा इन्टरनेटमा डेटाहरु आवतजावत गर्छन् । प्रत्येक मिनेट युट्युबमा औसत दुई हजार पाँच सय नयाँ भिडियोहरू हालिने तथ्याङ्कले देखाएको छ । त्यस्तैगरी, औसत दुई लाखभन्दा बढि फोटोहरू प्रत्येक मिनेट फेसबुकमा हालिन्छ । मानव जाती इन्टरनेटमा यति भर परेका छन् भने उल्लेखित तथ्याङ्कका स्रोत इन्टरनेटमै खोजिएको हो । मान्छेले आफ्ना प्रेमिकासँग लुकी लुकी रोमान्टिक गफ गर्छन् भने केही त च्याट गर्दा गर्दै अश्लिल फोटो तथा भिडियो पनि साट्ने गर्छन् । तर प्रश्न यो छ कि ति च्याटहररू कतिको सुरक्षित छन् र पठाएको व्यक्ति बाहेक कस-कसले हेर्न सक्छन् ?  यी प्रश्नहरूकाे जवाफ जान्न जरूरी छ ।
कुनै पनि सामाजिक सञ्जाल चलाउनु अगाडि सञ्जालका सर्तहरू मान्नु पर्ने हुन्छ, जुन धरैजसो प्रयोगकर्ता नपढि नै स्वीकार गर्ने गर्छन् । तर त्यस सर्तमा प्रयोगकर्ताको डेटा कुन प्रकारले र कसरी संकलन गरिन्छ भन्ने कुरा उल्लेखित हुन्छ । जन्म मिति देखि हाल बसोबास गरिरहेको स्थानको समेत जानकारी समाजिक सञ्जालका मालिकसँग हुने विश्वास रहेको छ । यति विषय बुझ्दा, यो जानकारी लिएर सामाजिक सञ्जालका मालिकहरूलाई के फाइदा भन्ने जिज्ञासा हुनु स्वभाविक नै हो ।

यी डेटाहरुको करोडौं मूल्यमा कालो कारोबार ‘डार्क वेब’मा हुने गरेको भनिन्छ । अहिलेसम्म चलाउँदै आएको इन्टरनेट केवल विश्वभरका इन्टरनेटको १० प्रतिशतमात्रै हो भन्ने कुरा धेरैजसोलाई अविश्वसनीय हुन सक्छ । तर इन्टरनेटको तितो सत्य यही हो । विश्वमा तीन प्रकारका इन्टरनेट छन्ः
१. सर्फेस वेब
२. डीप वेब
३. डार्क वेब

सर्फेस वेब इन्टरनेटको त्यो भाग हाे जुन सबैले चलाउने गर्छन् । डीप वेब जुन हामी सजिलै चलाउन सक्दनौं । उदाहरणका लागि सरकारका गोप्य डेटा जुन सरकारका पदाधिकारीले मात्रै हेर्न र सम्पादन गर्न पाउँछन् ।
यस किसिमका डेटा इन्टरनेटमा खोज्दा पाइदैन र यस्ता डेटा मा पहुँच पाउनलाई छुट्टै किसिमका लिकं चाहिन्छ । लिकंमात्रै भएर पुग्दैन, डेटा हेर्न खोजेको मान्छे आधिकारिक हो वा होइन भन्ने कुरालाई पनि मध्यनजर गर्दै लिकं पाएपछि पदाधिकारीलाई प्रदान गरिएको यूजरनेम (username) र पासवर्ड (password) सरकारको डेटाबेसमा भएको यूजरनेम र पासवडसँग मेल खाएमा मात्रै डेटाको पहुँच दिने गरिन्छ । यस्ता प्रणालीमा कस्ले, कहाँबाट डेटा हेर्दै वा सम्पादन गर्दै छ भन्ने कुरा सरकारका अन्य पदाधिकारीलाई थाहा हुने गरेको छ ।
तर डार्क वेब भने डीप वेब भन्दा पनि इन्टरनेटमा गहिरिएर बसेको हुन्छ । डार्क वेबका लिकंहरु समान्य ब्राउजरमा चल्दैन र डार्क वेब प्रयोग गर्नका लागि विशेष ब्राउजर बनेको हुन्छ । उदाहरणका लागि ‘टर ब्राउजर’ मार्फत डार्क वेबमा भएको डेटा हेर्न सकिन्छ र कसले के हर्दैछ भन्ने कुरा कहीँबाट थाहा पाउदैन । डेटा कसले ल्याएर हालेको भन्ने समेत थाहा नपाउने डार्क वेबको दुरुपयोग एकदमै बढेको छ । त्यसै कारण डार्क वेबमा प्राय, हतियार तथा लागु औषधको सट्टेबाजी हुने गरिन्छ । बैकंको खाता नम्बर र खातवालाको नाम खुलिने डर भएकाले डार्क वेबमा प्राय बैंकिङ कारोबार गरिदैन । भुक्तानी गर्न परे ‘बिटकोइन’, ‘लाइटकोइन’ जस्ता ‘क्रिप्टोकरेन्सी’को प्रयोग गरिन्छ जसले गर्दा कारोबारमा संलग्न हुनेको व्याक्तिगत परिचय खुलिदैन ।

किन डार्क वेबमा प्रवेश गर्नु हुँदैन ?

डार्क वेबमा परिचय नखुलिने भएकाले नै ब्ल्याक ह्याट ह्याकरहरुको अड्डा भएको छ । यस्ता व्यक्तिले अरुलाई ठग्ने, विद्युतीय उपकरणलाई नियन्त्रण गर्ने भन्नेबारेमा अनुसन्धान गरि रहेका हुन्छन् । जिज्ञासा हुँदैमा डार्क वेब प्रवेश गरे उपकरण अपरिचीत व्यक्तिले नियन्त्रणमा लिने जोखिम बढ्छ । जस्ले गर्दा मोबाइल जस्ता उपकरणहरू मा भएको किम्ती डेटा ह्याक गर्ने व्यक्तिको पहुँमा जान सक्छ । अरुको पहुँमामा हाम्रा व्यक्तिगत डेटा गए कुनै पनि बेला ती डेटा सार्वजनिक हुन सक्छ । थाहै नपाई आफ्नै उपकरण मार्फत दैनिकी जिन्दगीमा गरी रहेको गतिविधिबारे जासुसी गरीन्छ ।
आजभोली युवा–युवति शौचालयमै मोबाइल लाने बानी हुन्छ । शौचालयमै बसेर डार्क वेबको प्रयोग गरे मोबाइलको क्याम्रामार्फत जासुसी गर्ने जोखिम हुन्छ ।

डार्क वेब असुरक्षीत भएपनि सुरक्षित ढंगले चलाउन सकिन्छ । उपकरणमा जस्ता सुकै एप नहाली, एन्टीभाइरसको प्रयोग गरी त्यस्ता जोखिमपुर्ण हात्साबाट बच्न सकिन्छ । सर्फेस वेबले नै मानव जिन्दगी सजिलो बनाएका कारण प्रविधिको क्षेत्रमा विशेषज्ञ नभई डार्क वेबमा नजान उचित रहेको देखिन्छ ।