२१ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको २ दिनको समय सकिएपछि रास्वपाले आकस्मिक बैठक बोलाएको हो ।
बैठक शनिबार राति साढे ८ बजे बोलाइएको रास्वपाले जनाएको छ । सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।