समाचार

रास्वपाको संसदीय दल र केन्द्रीय समिति बैठक आज ११ बजे

२२ माघ, काठमाडौं । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दहालले गृह मन्त्रालय बाहेकमा सहमती भए रास्वपालाई दिने बताएपछि शनिबार राती बसेको रास्वपाको बैठक अनिर्णीत भएपछि उक्त बैठक आजका लागि सरेको थियो । रास्वपाले पूर्वसहमतीअनुसार गृहमन्त्रालय नै चाहिने दाबी गर्दै आएको छ ।

रास्वपाका सभापति रबि लामिछाने नागरीकता बिबादमा परेर सर्बोच्च अदालतबाट साँसद पद गुमेपछि उनको उपप्रधान एबम् गृहमन्त्री पदपनि गुमेको थियो । रास्वपा सभापति गुमेपनि लामिछाने रास्वपाको बैठकबाट पुन चुनिएका भएपनि साासद पद भने पुनः उपनिर्बाचन भएर बिजय भएमात्र आउने सम्भावना रहेको छ । बैठकबाट रास्वपाको सभापति बनिसकेका छन् ।

रास्वपाभित्र सरकार छाड्न नहुने र सरकार छाडेर जनतामा जानुपर्ने दुई धार रहेको बताइन्छ। संसदीय दलका उपनेता बिराजभक्त श्रेष्ठले आज ११ बजे बैठक बोलाईएको बताएका छन् ।