समाचार

राष्ट्रियसभा उपाध्यक्ष पदको उम्मेदवार चयन गर्न काँग्रेस संसदीय समितिको बैठक बस्दै

२२ माघ, काठमाडौँ । नेपाली काँग्रेसको संसदीय समितिको बैठक आज बस्दै छ । राष्ट्रियसभा उपाध्यक्ष पदको उम्मेदवार चयन गर्न संसदीय समितिको बैठक बस्ने भएको हो ।

बैठक अहिले विहान ९ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने जनाइएको छ । राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको मनोनयन दर्ता आज १ बजेदेखि ४ बजेसम्म तोकिएको छ ।

उता सत्ता पक्षबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवार पठाउने निर्णय भइसकेको छ ।