समाचार

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा माओवादीकी अर्याललाई समर्थन गर्ने

२२ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ ।

अहिले विहान ९ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको काँग्रेस संसदीय समितिको बैठकमा नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने उसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको मनोनयन दर्ता आज १ बजेदेखि ४ बजेसम्म तोकिएको छ ।