काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको बताएका छन् । अध्यक्ष ओलीले कांग्रेस पानी बाहिरको माछा जस्तै छट्पटाएको समेत बताए ।
आज बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भने, ‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ ।’
सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेससँग रहेको बताए ।