समाचार

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छाड्ने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलन गर्दै पार्टी सभापति रवि लामिछानेले तत्काल सरकार सरकार छाड्ने बताएका हुन् ।

मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको रविले जानकारी दिए ।

नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रविलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णय गरेको हो ।