समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले दिए राजीनामा

२३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आइतबार साँझ राजीनामा बुझाएका हुन् ।

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा दिएका हुन् ।