समाचार

प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भेट

२३ माघ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भेट भएको एक नेताले जानकारी दिए । उक्त भेटमा प्रधानमन्त्रीले सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा लगायतको विषयमा सम्बन्धित निकायका प्रमुखलाई राखेर गरेको ब्रिफिङ गर्दै छन् । छलफलमा सुरक्षा निकायका प्रमुख, मन्त्रीहरू, मुख्यसचिव र सीमा सुरक्षा अधिकारीलगायत उपस्थित छन् ।

त्यस्तै, चौथों दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा पनि छलफल भइरहेको छ । प्रधानमन्त्री दाहाल राष्ट्रिय सहमतिको सरकार बनाउने तयारीमा छन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजीमा छन् प्रधानमन्त्री दाहाल । तर एमाले अध्यक्ष भने यस विषयमा सहमति छैनन् ।