आर्थिक

इन्भेस्टमेण्ट मेगा बैंकको finPOS मा NEPALPAY TAP र NEPALPAY QR गर्न सकिने

२३ माघ, काठमाण्डौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा finPOS बाट “NEPALPAY TAP” र“NEPALPAY QR” सेवाको थालनी गरेको छ ।

ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको finPOS डिभाइसहरूमा आफ्नो NFC उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

अब इन्टरनेट बिना पनि ग्राहकले मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी NEPALPAY TAP लाई पनि NIMB ले आफ्नो finPOS मा सुचारु गरेको छ ।

उक्त finPOS मा उपलब्ध QR भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा connectIPS प्रयोग गर्न सकिन्छ । NIMB ले सुरुवात गरेको POS डिभाइसमा QR र NFC मार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो हो ।

NEPALPAY TAP, “NFC” प्रविधिमा आधारित छ जसले दुईवटा डिभाइसहरु बीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ । यो P2P र P2M भुक्तानीहरूको लागि contactless भुक्तानीको माध्यम हो ।