राजनीति

स्वकीय सचिब भानुले काँग्रेस सभापति देउवालाई भेटाउन आनाकानी गर्छन्, किन ?

सुवास मगर/२४ माघ काठमाडौं । निबर्तमान प्रधानमन्त्री एबम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आजकाल धापासीस्थीत निवासमा बस्न थालेका छन् ।
बुढानिलकण्ठस्थीत आलीसान निवास रिनोभेट भईरहेका कारणले बस्न नमिल्ने भन्दै उक्त भाडाको घरमा बस्न थालेका हुन् ।
प्रधानमन्त्री हुँदा यसभन्दा अगाडीसमेत प्रमुख स्वकीय सचिवका रुपमा रहेका थिए भतिज नाता पर्ने भानु देउवा । भानु देउवाले सभापति देउवा हुँदा होस् या प्रधानमन्त्री हुँदा होस् स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनीबाहेक देउवाको सचिवालयमा अन्य सहयोगीहरु भएपनि भानु देउवाको भूमिका नै मूख्य देखिने कार्यकर्ताहरु बताउँछन् ।

जसरी एउटा श्रीमानलाई सफल बनाउन असल श्रीमती वा श्रीमतीलाई सफल बनाउन एउटा राम्रो श्रीमानको जरुरी हुन्छ त्यसैगरी एउटा नेतालाई सफल बनाउन उसको परिवार, सचिवालय, साथीभाईलगायतको भूमिका महत्वपूर्ण हुनेगर्छ ।

स्वकीय सचिब भनेको ब्यस्त हुने पद नै हो, जति ब्यस्त भएपनि सचिवालयले समन्वय भने गर्न सक्नुपर्छ, तर केही बर्षदेखी सभापति देउवाका स्वकीय सचिव भानुले कार्यकर्ताहरुको फोन नै रिसिभ नगर्ने, सभापतिलाई भेटघाट नै नगराउने गरेको भन्दै हैरान भएको सुनाउँछन् । सभापति देउवाले मोवाईल नबोक्ने, उनीसँगको पहुँच तल्लो तहका कार्यकर्तासँग नहुने, कतिपय देशका महत्वपूर्ण बिषयमा कुरा गर्नुपर्नेसमेत हुने हुँदा सभपाति देउवासँग भेट गर्नुपर्ने जरुरी धेरैलाई हुनसक्छ ।

त्यसो त पछिल्लो समयमा काँग्रेसले नेबिसंघ, तरुण दललगायतका भातृसंस्थाहरुमा सदस्य संख्या थप्न लागेको छ, त्यस अवस्थामा देशभरका कार्यकर्ताले कुरा राख्न खोजेका हुनसक्छन् त्यस अवस्थामा भेटघाट नगर्दा काँग्रेसलाई नै घाटासमेत हुन सक्छ । भानु देउवाले दुईवटा नम्बर बोक्ने गरेका छन् । एउटा नम्बर ९८५१०८७२८८ र अर्को नम्बर ९८०८६१४०१२ रहेको छ । कतिपय समयमा कार्यकर्ताहरुलाई बोलाएर समेत फोन नउठाउने, नभेटाउने गरेका कारण गाउँका कार्यकर्ताहरुले समस्या झेलेको बताउँछन् । उनलाई सुर्यखबरको कार्यालयले सम्पर्क गर्दा उनको फोन उठेन ।

अन्य राजनीतिक आस्था भएपनि केही ब्यापारीक घराना र आफ्ना समूहका लागि सधैं शेरबहादुर देउवाको किचन खुल्ला गराएका भानुले पत्रकारहरुलाईसमेत भेटघाटमा सहज नबनाइएको बेला- बेला पत्रकारहरुलै नै बताउने गरेका छन् । (भाग– १)