राजनीति

राष्ट्रिय सभा उपाध्यक्ष अर्याल पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग

२५ माघ, । काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।

नेकपा माओवादी केन्द्रकी अर्याल गत सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्।

उनले बुधबार एक सूचनामार्फत राष्ट्रियसभा उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकाले पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन पार्टी सदस्यता र सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।

उनको मात्रै उम्मेदवारी परेको भन्दै सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।