राजनीति

माओवादी केन्द्रको पदाधिकारी, स्थायी र केन्द्रीय समितिले पायो पूर्णता

२६ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

माओवादीका महासचिव देवप्रसाद गुरुङका अनुसार पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना रहेका छन् । यस्तै स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ जना रहेका छन् । वैकल्पिक केन्द्रीय समिति सदस्यमा २०२ जना रहेका छन् ।

पार्टीले पुरानै कार्यविभाजनलाई ब्युँताएको महासचिव गुरुङले जानकारी दिए । तर, सह–ईञ्चार्जको व्यवस्था हाललाई नराख्ने निर्णय भएको उनको भनाइ छ ।

पदाधिकारीको सूची