विचार/ब्लग

काँग्रेस–एमाले होस्, काँग्रेस–माओबादी, सरकार परिवर्तनको दीशामा गयो राजनीति

बाबुराम आचार्य / सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त भएका छन् । एमाले–माओबादी गठबन्धन टुट्दै नेपाली काँग्रेसका संसदीय दलका नेता शाह मुख्यमन्त्री निर्बाचित भएसँग केन्द्रीय सरकारको सात दलीय गठबन्धन पनि धरापमा पर्ने संकेत मिलेको छ । मंसिर ४ गतेको निर्बाचनमा ८९ सीटसहित नेपाली काँग्रेस पहिलो पार्टी भएपनि सत्ताबाहिर बस्नुपरेको थियो । सातप्रदेशसहित संघमा सत्ताबाहिर बस्नुपरेको पीँडा भएको नेपाली काँग्रेसले सुदूरपश्चिमबाट आफ्नो सत्ता सुरु गरेको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राष्ट्रपति बिद्या भण्डारीबाट पटक पटक संसद बिघटन गरेर राजनीतिक रुपमा ठूलै दुःख पाएका प्रधानमन्त्री पुष्पकमल दहाल नेकपा एमालेलाई राष्ट्रपति दिन चाहन्नन् । एमाले अध्यक्ष केपी शर्मा ओलीकै मुख्य सहयोगमा प्रधानमन्त्री बनेका भएपनि प्रधानमन्त्री दहाललाई एमालेलाई राष्ट्रपति बनाउने कार्यमा त्यति सहज देखिँदैन ।

एमालेको समर्थनमा प्रधानमन्त्री बनेका भएपनि काँग्रेस सभापति शेरबहादुर देउवासँग बिश्वासको मत माग्दा तुरुन्त कााग्रेसबाट बिश्वासको मत पाउन सफल बनेका प्रधानमन्त्री दहाल देउवासँग पनि टाढा हुन सकेका छैनन् । नेपाली काँग्रेसले नेकपा माओबादी अध्यक्ष पुष्पकमल दहालका हरेका कृयाकलापमा प्रमुख प्रतिपक्षी दलले गर्न मिल्नेसम्म खुलेरै सहयोग गरिरहेको छ । काँग्रेससँग काम गर्न जनि सहज मान्छन् त्यती सहज एमालेसँग गर्न प्रधानमन्त्रीलाई सहजता छैन । रास्वपाका सभापति रबि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा पुनः नियुक्ती दिन ओलीले दिएको दबाबलाई प्रधानमन्त्री दहालले नमानेको समाचार नै आएको थियो ।

नेपाली काँग्रेस पहिलो पार्टी भएपनि नेकपा एमालेभन्दा ११ सीटमात्र बढी हो । माओबादी केन्द्रको ३२ सीट भएपनि एमाले अध्यक्षले काँग्रेस–माओबादी गठबन्धन भत्काउन अध्यक्ष दहाललाई प्रधानमन्त्री नै मान्न तयार भए । अब एमाले नेता बिशाल भट्टराईको भनाईलाई आधार मान्ने हो भने राष्ट्रपतिमा एमालेलाई नसघाए पुष्पकमल दहाल सरकार ढल्छ । पुष्पकमल दहाल सरकार ढल्नु भनेकै काँग्रेसको राष्ट्रपति हनुे होस वा प्रधानमन्त्री वा दुबैसहित प्रदेशहरुमा सहभागीत हुन्छ । सुदूरपश्चिममा काँग्रेस सरकार बन्दासमेत एमालेले औपचारिक प्रतिकृया अहिलेसम्म दिएको छैन ।

कतिबेला सत्तामा जाने भनेर पर्खिएर बसेको नेपाली काँग्रेसलाई राष्ट्रपति दिन राष्ट्रय, अन्तर्राष्ट्रिय परिस्थिति बनेको देखिएपनि काँग्रेसले मुख मिठ्याईहाल्ने बेला भने भएको छैन । रास्वपा सरकार बाहिर छ, राप्रपासँग पनि राजा, हिन्दू राज्यको कुरा उठाईरहेका कारण प्रधानमन्त्री रुष्ट छन्, उन्मुक्ती पार्टीले सुपमा सरकारलाई दिएको समर्थन फिर्तालगायतबाट बर्तमान सरकारको आयुको बारेमा बहस शुरु भएको छ । सरकार बन्नै नपाई ढल्ने परम्परा राम्रो होन तर अहिले काँग्रेस र एमालेको राजनीतिक झगडाको फाईदा उठाउन सफल भएको माओबादीलाई आफूले राष्ट्रपति पाएमा प्रधानमन्त्रीमा काँग्रेसले सहयोग गर्ने सम्भावना रहन्छ । काँग्रेसले खध्यक्ष दहाललाई पाँच बर्षका लागि नै प्रधानमन्त्री दिन पनि सक्छ वा अर्को पुरानोसहितको गठबन्धन ब्यूतिन सक्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ७८ सीटसहित दोस्रो ठूलो दल भएपनि माओबादी केन्द्रका अध्यक्ष दहालसँग धेरै नै झुक्नुपर्दा उनको जीतभने भएको मान्न सकिन्न । अध्यक्ष ओलीले आफ्नो दललाई राष्ट्रपति दिलाउनका लागि हदैसम्मको लचकता अपनाएका हुन् भन्ने राजनीतिक बिश्लेषण गर्न सकिन्छ । उनले स्वतन्त्र, फ्वतन्त्र, नयाँ पार्टी भनेर गाली गर्ने गरेका रबि लामिछानेलगायतका पार्टीहरुलाई आफ्नो पक्षमा ल्याउन सफल भएक थिए, नागरीक उन्मुक्ती पार्टीबाहेक अहिलेसम्म संगै छन् । तर सुदूरपशिचम प्रदेशमा भएको राजनीतिक दुर्घटनाका कारण भने ओलीलाई अहिले भएको अलि अलि सत्ताको स्वाद पनि जालाजस्तो देखिन्छ ।

सत्तामा बस्दा जनता र कार्यकर्तासँग टाढा हुने नेपाली काँग्रेसले सत्ताका लागि मरिहत्तै गर्न नहुनेभएपनि मुखमा आएको सत्तालाई अस्वीका गर्ने कुरै भएपनि, दोस्रो पार्टी हुँदा पनि यसभन्दा अगाडीस् बनेको सरकार अध्यक्ष दहाल र समाजबादीको अनुरोधमा काँग्रेस नेतृत्वमा सरकार बनेको थियो । काँग्रेस नेतृत्वमा सरकार बन्ने संकेत मिलेपनि धेरै पार्टीहरुको मेलबिना सरकार बन्ने सम्भावना नरहेकाले अस्थिरता लम्बिले वा मध्यावधी हुने सम्भावना भने अहिले पनि अनुमान गर्दा गलत नहोला । मध्यावधी नगर्ने वा स्थीर सरकार बनाउने हो भने काँग्रेस र एमाले मिलेर सरकार निर्माण गर्नुपर्ने माग राजनीतिक बृतमा भईरहेको भएपनि काँग्रेस वा एमाले दुबैले त्यतातिर ध्यान दिएके देखिन्न । कम्तीमा पाँच बर्षका लागि भएपनि स्थीर सरकार बन्ने सम्भावना काँग्रेस र एमालेको सरकार बानेका रहन्छ । काँग्रेससँग ८९ र एमालेसँग ७८ हुँदा १३८ मात्र साँसद चाहिले सरकार निर्माणको सदस्य संख्यामा अन्य कुनैपनि पार्टीको आवश्यक्ता पदैन ।

माओबादी केन्द्र प्रमुख प्रतिपक्षमा बस्ता अन्य साना पार्टीहरुको भूमिका सँसदमा चर्का कुरा गर्नेबाहेक खासै हुन्न । अहिले वा साना पार्टीलाई भूमिका दिँदा उनीहरुले बार्गेनिगं पावर बढाउँछन् र सरकारको नेतृत्वप गर्नेलाई राम्रोसँग सरकार चलाउन असहज हुन्छ । काँग्रेस–एमाले वा काँग्रेस माओबादी होस् सरकार परिवर्तनको कोर्ष भने सुरु भईसकेको भन्दा खत्युक्ती नहोला ।