सुदूरपश्चिम

सुदूरपश्चिम : एकीकृत समाजवादीका नेता नरेश मन्त्री बन्दै

२७ माघ, धनगढी । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्‍चिम प्रदेश सरकारमा सामेल हुने भएको छ । एकीकृत समाजवादीले नरेश शाहीलाई सरकारमा पठाउने सहमति भएको जनाएको छ ।

शाहीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेपनि मुख्यमन्त्री कमलबहादुर शाहले विभाग तोक्ने वा बिना विभागिय मन्त्री बनाउने भन्ने विषयमा छलफल गरेका छन् ।

बिहीबार मात्र मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे पद तथा गोपनियताको सपथ लिँदैछन् । लगत्तै दुई जना मन्त्रीले पनि सपथ लिनेछन् ।