सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

२७ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित नेकपा (एकीकृत समाजवादी)का नरेश शाही र कांग्रेसका प्रकाश देउवालाई मन्त्रीको शपथ गराए ।

एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संबैधानिक प्रावधानअनुसार बिहीबार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए । शाही आर्थिक मामिला र देउवा भौतिक पूर्वाधारमन्त्री बनेका हुन् ।