२९ माघ, बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । शनिबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीलाई शपथ दिलाएका हुन् ।
आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।
मन्त्रीहरु महरा र इन्द्रजित माओवादी केन्द्रका हुन् भने पन्थी, दुर्गाप्रसाद र शर्मा एमालेका हुन् । यस्तै मन्त्री यादव राप्रपाका र गुप्ता जनमत पार्टीका हुन् ।