विचार/ब्लग

नेपालीमा जति बुद्धी बिश्वका कुनै मानिसमा पनि छैन…

सुबाश मगर/ युवा भनेको देशका खम्बा र आधारशीला हुन् । जहाँ युवा वर्गको सम्मान तथा उचित स्थानमा अवसर हुदैन त्यहाँ परिवर्तन र समृद्धिको परिकल्पना गर्नु हास्यास्पद मात्र हो । चाहे त्यो कुनै परिवार, टोल समाज वा राष्ट्र नै किन नहोस् । सरकारले बिदेश पलायन भएर बाँकी रहेका युवालाई अनुत्पादित र हुल दङ्गामा सामल हुन बाध्यकारी बनाई निश्चित ब्यक्तिको स्वार्थ पुरा गर्नाले अहिले युवाहरुले बिषम परिस्थितीको सामना गरिरहेको छ । अधिकांश सीप तथा दक्षता  हासिल गरेका युवाहरू विदेशी भूमिमा पलाएन भएका छन् भने कैँयौ दक्ष वा अदक्ष युवा बर्गहरू विदेश जानका लागि भौतारी रहेका छन् । युवा वर्गमा जून दक्षता तथा क्षमता छ, त्यो विदेशी भूमिमा लगानी भईरहेको छ । नेपाली युवा वर्गको सीमित अंशमात्र नेपालमै सामेल भएको छ । अधिकांश युवा जो नेपालमा छन् उनीहरु सम्भवत एक न एक पार्टीका झन्डा मुनी रहेर आफ्नो नेताको चाकरीमा ब्यस्त रहेको पाईन्छ ।

नेपालमा कुनै पनि त्यस्तो क्षेत्र छैन जो राजनीतिको पहुँचबाट टाढा रहेको छ । यसको प्रत्यक्ष प्रभाव नेपाली युवा वर्गलाई परेको देखिन्छ ।  नेपालमा रहेका युवाहरू जो स्वरोजगार छन् उनीहरूका लागि पनि हाल राम्रो वातावरण नै छैन । सरकारको अस्थिर राजनीतिक प्रणाली, बैंकको उच्च ब्याजदर, बजार व्यवस्थापनको अभाव तथा काला बजारी जस्ता पद्धतिले नेपाली युवा वर्गलाई निरुत्साहित गरेको पाइन्छ । नेपालमा रहेका युवा वर्गमा एक किसिमको निराशा सृजना भएको छ । ब्यापार ब्यावशाय गर्दा चर्को ब्याज, अस्वस्थ्य प्रतिस्पर्धा, बिचौलीयाको बिगबिगीलगायतका कारण समस्या छ भने जागीर खाँदा परिवार पाल्न पुग्ने पारिश्रमिक पाउने सम्भावना ज्यादै काम छ ।

यसर्थ नेपाली अधिकांश युवा वर्ग आफ्नो सुनौलो भविष्यको खोजीमा भौतारी रहेका छन् । देशमा उद्योगहरू थपिएका छैन भएका पनि बन्द भईरहेका छन् । युवा जनशक्ति दिन–दिनै उत्पादन भइरहेका छन् ।

कानूनी राज्य स्थापना भईनसकेका कारण एकाइसौँ शताब्दीमासमेत समाजको नकरात्मक दृष्यको प्रभावका कारण युवाहरुमा नैराश्यता छ देशमा जसको शक्ति उसको भक्ति, लुट कान्छा लुट जस्ता कृयाकलापहरु बढिरहेका छन् । अपबाद बाहेक देशमा जिम्मेवार मान्छेमा मानवता नै भुलेर युवाहरुलाई हौसला दिनेभन्दा शोषण गरेको पाइन्छ । जसको परिणाम एक दिन राज्यले भोग्नै पर्छ ।जीम्मेवार बर्गले युवा शक्तीलाई बुझेर पनि दुरुपयोग गरिरहे, बुझेर पनि वेवास्ता गरेर युवा शक्ती खेर गईरहे एक दिन राज्यले ठूलो क्षती ब्यहोनुपर्ने हुन्छ ।

नेपालमा कुनै पनि त्यस्तो क्षेत्र छैन जो राजनीतिको पहुँचबाट टाढा रहेको छ । यसको प्रत्यक्ष प्रभाव नेपाली युवा वर्गलाई परेको देखिन्छ । जीवनकै उत्तम अवस्था तथा समयमा अर्काको भूमी तथा सपनामा आफ्नो जीवनकै महत्वपूर्ण समय बेच्न हामी बाध्य छौ । अनी आफ्नो सपनाको लागि समय खै ? के हामीले कैयौं त्याग गरेर आर्जन गरेको विद्या अरुको सपना साकार गर्न मात्रै हो ? के हाम्रो अस्तित्व छैन ? के अरुकै नोकर गर्नकै लागि हामीले तपस्या गरेका हौ ?

युवा वर्गमा जति उर्जा र शक्ति हुन्छ, त्यस्तो शक्ति अन्य कुनैपनि शक्तीमा तागत हुँदैन । युवा वर्गलाई यदि सही तरिकाले परिचालन गर्ने  हो भने देशले कायापलट गर्न कुनै समय लाग्दैन तर गलत तरिकाले प्रयोग गरियो भने मुलुकलाई नै सबभन्दा घातक तत्वको रुपमा सावित हुन्छ । नेपाली युवाहरु जीवनकै उत्तम उमेरमा अर्काको भूमीमा आफ्नो जीवनकै महत्वपूर्ण समय बेच्न बाध्य छन् । अनि आफ्नो देश वा परिवारको सपनाको लागि समय खै ? के हामीले कैयौं त्याग गरेर आर्जन गरेको विद्या अरुको सपना साकार गर्न मात्रै हो ? के हाम्रो अस्तित्व छैन ? के अरुकै नोकर गर्नकै लागि हामी जन्मिएका हौं ? सोच्ने बेला आएको छ ।

युवा वर्ग ब्यावसाय गर्न चाहान्छन् त्यो पनि आधुनिक प्रणाली तथा पद्धतीमा रहेर । कतै कतै भनेको सुनिन्छ नेपाली जस्तो दिमाख अरु कुनै देशका नागरिकले लगाउन सकेको छैन । नेपालीहरु कतिपय समयमा बिरामी भएको समयमा जाँच नगरी औषधी लिने गर्दछन्, घर निर्माण गर्दा इन्जीनियरलाई नक्सा बनाउन नलगाई आफैं मनोमानी रुपमा बनाउँने गर्दछौं, बिना ज्ञान ठूला ठूला कुरा गर्ने गर्दछौं । कुनै पनि विषयको बारेमा विश्लेषण गर्न परे विना अनुसन्धान मनोमानी तरिकाले गर्दछौं। अर्कालाई गाली गर्ने एक समूह छ त्यसले यातायात मजदुरको आन्दोलनका क्रममा काठमाडौंको एक मोवाईल पयलबाट गरेको करोडौंको सामाग्री लुटपाटको घटनालाई कसरी हेर्छ होला त्यो पनि प्रश्न गने समय आएको छ ।

युवा वर्ग आधुनिक पद्धतीमा रहेर ब्यापार गर्न चाहान्छन् र ब्यापार गरेपछि सयौं युवा वर्गलाई रोजगार दिन चाहान्छन् । तर आफ्नै ब्यापार बयावशाय राम्रो नभएक कारण उनीहरुले अन्य युवाह्रुलाई भनेजसरी रोजगार दिन सकेका छैनन्, धेरैजसो कम्पनी फर्महरु त स्वरोजगारको रुपमा रहेका छन् । भर्खर्रै औद्योगीकरणको मुखमा गईरहेको मुलुक नेपालमा युवा शक्तीको बिदेश पलायनले औद्योगीकरणमासमेत ठूलो प्रभाव परेको छ । राजनीतिक अस्थिरता मुख्य कुरा हो भन्ने त अब भनिरहनुनपर्ने नै भईसकेको छ ।

केही सीमीत ब्यक्तीले आफ्नो निजी स्वार्थ पुरा गर्नाले देशको हाल यो  अबस्था  रहेको छ । पछिल्लो समयमा भने केहि आसा र भरोसा  केही युवा वर्गले गरेका छन् । नयाँ राजनीतिक बैकल्पीक  शक्तीमा भने केही आसा गर्न योग्य छन् । नयाँ वैकल्पीक राजनीतीक  शक्तीले यूवावर्गको आसा तथा भरोसा बचाउन सफल हुन्छ, हुदैन भन्ने बिषय समयले नै निर्धारण गर्नेछ । बैकल्पीक र नयाँ शक्तीहरु राजनीतिमा स्थापीत हुने चरणमा छन् उनीहरुले जनताको मन जित्न भ्रष्टाचारको अन्त्य, शुसासन, युवालाई रोजगारलगायतका कुराहरु दिएमा स्थापीत पनि हुन्छन् । यदि सानो सानो स्वार्थमा लोभिए काँग्रेस, एमाले, माओबादी केन्द्रजस्तै जनताबाट तिरस्कृत हुनेछन् । जे होस् सबै पक्षले युवालाई समेटेर देश निर्माण गर्ने समय ढिलाई हुन लागिसकेको छ, अब चैं तुरुन्त लागी परौं ।